दलित समाचार » दलित महिलाको बचत अभियान
दलित महिलाको बचत अभियान
Posted: November 15, 2009


खोटाङ/ लफ्याङ गाविसका दलित महिला सीपमूलक आम्दानीले कमाएको रकम बचत गर्ने अभियानमा लागेका छन् । बेलाबेलामा पर्ने आर्थिक संकट टार्न उनीहरूले बचत गर्न थालेका हुन् ।

लफ्याङमा बालबालिकासहित १३ बचत समूह रहेको सूर्य बचत समूहकी सदस्य तारा सुनारले बताइन् । खासगरी दलित महिला बचतप्रति आकषिर्त भएका छन् । उनीहरूले नियमित रूपमा बचत गर्न थालेका छन् । ३८ महिला सदस्य रहेको सूर्य बचत समूहको कोषमा अहिले ४२ हजार रुपैयाँ बचत भएको छ । बचत रकमले साह्रोगाह्रो परेका बेला खाँचो टार्ने गरेको सुनारले बताइन् ।

बचत समूहबाट ऋण लिएर पशुपालन तथा तरकारी खेती गर्न थालेका छन् । पहिला-पहिला ५० रुपैयाँ निकाल्न पनि गाह्रो हुन्थ्यो, तर अहिले आफ्नै पैसा निकालेर चलाउँछौँ,' अर्की सदस्य कुमारी परियारले बताइन् ।

लपयाङका सबै वडाका महिला सक्रियतामा एउटा सहकारी संस्था पनि खोलिएको छ । उनीहरूले स्थापना गरेको सहकारीमा अहिले सात लाख चार हजार रुपैयाँ जम्मा भएको छ । यो सहकारीमा तीन सय ९२ सेयर सदस्य संगठित छन् भने १३ वटै बचत समूह संलग्न छन् ।

श्रोत : www.nayapatrika.com


« Go Back
Supporters / Sponsors :