दलित समाचार » उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार प्रकाशचन्द्र परियारलाई |
||
| उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार प्रकाशचन्द्र परियारलाई
Posted: November 11, 2009 यस वर्षको उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक प्रकाशचन्द्र परियारले प्राप्त गर्नु भएको छ । वर्षभरी प्रसारित टेलिभिजन समाचारमा आदिवासी जनजाति र अल्पसंख्यक समुदायको हक अधिकारमा केन्द्रीत भएर पत्रकार परियारले योगदान गरेको भन्दै आज आयोजित समारोहमा नगद पुरस्कार सहित सम्मान गरिएको हो । पत्रकार परियारलाई तामाङ विधि सहित सम्मान गरिएको थियो । नेपाल तामाङ राष्टिय महासंघले ३ वर्ष अघि देखि हरेक वर्ष प्रदान गर्दै आएको तीन विधाको पत्रकारिता पुरस्कार मध्ये फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका केशव थोकर र छापा पत्रकारिता पुरस्कार द हिमालय टाईम्सका सविनचन्द्र आचार्यलाइ प्रदान गरियो । समारोहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामा वौद्ध गुरु गेशे ङिमा लामा माहसंघका अध्यक्ष डिवी वम्जन महासचिव शयाम तामाङ लगायतले आदिवासी जनजाति र लोपोन्मुख जातिका वारे नेपाली पत्रकारिता जगतले खेलेको भुमिकावारे चर्चा गन भएको थियो । « Go Back |
Supporters / Sponsors :
