दलित समाचार » बोक्सिको आरोपमा बृद्धा दलितलाई दिसा खुवाइयो |
||
| बोक्सिको आरोपमा बृद्धा दलितलाई दिसा खुवाइयो
Posted: November 10, 2009 शिब पुरी रौतहट-, २०६६ कार्तिक २४ - बरियारपुर गाविसमा एक दलित बृद्धा महिलालाई बोक्सिको आरोपमा दिसा खुवाउँदै कुटपिट गरेका छन । घट्नामा सँलग्न एकै परिवारका पँाच मध्ये दुई जनालाई इलाका प्रहरी कार्यालय गरुडाले सोमबार सँाझ पक्राउ गरेको छ । डेढ महिना भित्रमा रौतहटमा बोक्सिको आरोपमा ३ महिला दुब्र्यबहारको शिकार भएकी छिन् । रौतहटको बरियापुर गाविस-५ कि ५८ बषिर्य दलित बृद्धा लालुदेबि चमारलाई छिमेकी बिगन दास तत्मा, चम्पा देबि तत्मा, कलोशीयादेबि तत्मा, रामअशिषदास तत्मा र रितु देबि तत्मालाई बोक्सिको आरोपमा हिजो सँाझ गिलासमा दिशा घोलेर खुवाउदै कुटपिट गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक मुक्तिनारायण चौधरीले बताए । कुटपिट गर्ने पँाचै जना एकै घर परिवारका रहेका छन । ति मध्ये बिगनदास तत्मा र चम्पादेबिदास तत्मा पक्राउ परेको प्रहरीले जनाएको छ । एक साता अघि उनीहरुको भैसी कालगति मरे पछि छिमेकी तत्मा परिवारले लालुदेबिलाई बोक्सिको आरोप लगाएका हुन । कुटपिटबाट उनी समान्य घाइते भएको प्रहरीले जनाएको छ । घट्नामा सलग्न तत्मा परिवारका सबैको नाममा पीडितले हिजो सँाझ गरुडा प्रहरीमा किटानी जाहेरी दिएकी छिन । बोक्सिको आरोपमा स्थानिय पिपरिया र बसतपुर गाबिसका २ महिलालाई बोक्सिको आरोपमा डेढ महिना अघि दुब्र्यबहार गरेका थिए । श्रोत: कान्तिपुर दैनिक « Go Back |
Supporters / Sponsors :
