दलित समाचार » वादी वालवालिका शिक्षावाट वन्चित |
||
| वादी वालवालिका शिक्षावाट वन्चित
Posted: November 8, 2009 दाङ । जिम्मा लिने अभिभावक नभएको र आर्थिक अभावले वादि समुदायका अधिकांश वालवालिकाले पढ्न पाएका छैनन् । घोराहीको शिर्जनशील टोलका अधिकांश्ा वादी वालवालिका सडक र गल्लिमा कवाडि सामान वटुलेर समय विताउने गर्द छन् । त्यहाँ प्रतिपरिवार सरदर ५। ६ जना वालवालिका छन् । गरिवीका कारण एकातिर खान लगाउन समस्या छ अर्कातिर अधिकांश वालवालिका अभिभावक विहीन छन् । टोलमा बाबु पत्ता नलागेका धे रै वालवालिका रहेकाछन् । राहुल विजय सागर ममता अर्चना नेपाली लगायतका दर्ज नौ वालवालिका स्कुल जान नपाएको मा निराश व्यक्त गर्दछन् । जग्गा नभएर घोराहि ११ सिर्जनशील टोलको खुला डाडाँमा वस्दै आएका ५४ घर वादी समुदाय अहिले त्यहि डाडाँ पनि विक्री भएपछि सेवार खोलाको किनारमा वस्न थालेका छन् । केहि वालवलिका सरकारी स्कु लमा भर्ना भएपनि निरन्तरता दिन सकेका छैनन् । आर्थिक अभावका कारण तीन कक्षा पढ्दै गरेका छोरा मनोजलाइस्कु ल छु टाएर काममा लगाउनुपरेको दुःखेसो पोख्दै अभिभावक वसी नेपाली भन्छिन् । भर्ना गरेर मात्र भएन पढ्ने खर्च नपुगेपछि छुटाएँ । अहिले छोराले मजदुरी गर्छ । सरकारलेआफ्ना वालवालिकाको निःशुल्क शिक्षाका लागि सोच्नुपर्ने वसीको माग छ । विगतमा वादी समुदायलाई यौन पेशा अँगाल्ने जातिका रुपमा चिनिन्थ्यो । धेरैजसो वादी महिला यौन पेसावाटै जिवन गुजारा गर्थे । सोहि क्रममा जन्मेका वालवालिका अहिले अलपत्र परेका हुन् । वावुको पहिचान नहुदा र आमाको आर्थिक स्रोत नहुदा वालवालिका शिक्षावाट विाचत छन् । साभारः युग परिवर्तन साप्ताहिक वर्ष २ अंक ८ कार्तिक २२ २०६६ « Go Back |
Supporters / Sponsors :
