दलित समाचार » दलित महिलाले आपसी छुवाछुत अन्त्य गर्न |
||
| दलित महिलाले आपसी छुवाछुत अन्त्य गर्न
Posted: November 8, 2009 पर्वत । दलित समुदायमा विवाह व्रतवन्ध र मानिस मर्दासमेत रक्सी चढाउनेपरम्परा र दलितविच नै रहेको आन्तरिक छुवाछुत लगाएतका परम्परागत कार्य दलित आफैले तोडेका छन् । सामाजिक व्यवहार र संस्कृतीमा परिवर्तन नआउदा विकृति फैलिदै गएपछि सकरात्मक परिवर्तनका निम्ती पर्वतको दक्षिणी क्षेत्र भोर्ले गाविसका ३४ र ६ वडामा गठित महिला समुहका सदस्यले विकृति परम्परा तोड्ने कार्य साचालन गरेका हुन । पुरानो परम्परामा अडिग रहदा सामाजिक विकृतिले जरो गाड्दै गएपछि सो अभियानमा लागेको महिलाहरु वताउँछन् । गाविसमा गठित एक दर्जन भन्दा वढि आमा वुहारी तथा किशोरी समुहले गाविसका केही समुदायमा पुर्ण रुपमा यस्ता परम्परालाई परिवर्तन गरेका छन् भने गाविसका अन्य वाँकी समुदायमा रक्सी तथा छुवाछुत विरुद्धका अभियान जारी राख्ने भएका छन् । सुरुमा महिलाले मानिस मरेर उम्किने दिन रक्सी र सिनोका भोज लगाउने परम्परा तोड्दै अभियानलाई अगाडि बढाएका थिए । महिलाले थालेको रक्सीविरुद्धको अभियान सफलतापुर्वक व्यवहारमा लागु भएपछि समाजमा मेलमिलापको वातावरण सिर्जना भएको छ । अहिले समुदायको कुनै परिवारलाई अप्ठ्यारो पर्दा समुदायका सवै परिवार सहयोगका लागि अगाडि वढ्ने गरेका छन् । आफन्तको मृत्यु हु ँदा सयौँ खर्च र भेटि चढाउन आउने नाता कुटुम्वले समेत भोजको परम्परा अनुसार ५० रुपियाँ र चार माना चामल ल्याउने गरेको छन् । समु दायमा दलितदलित विचको छुवाछुतसमेत अन्त्य भएका छ । विशेष गरि दमै कामी सार्की जातिको वाहुल्य रहेको समुदायमा खानेपानीको धारालगायत विविध कुरामा छुवाछुतका समस्या थियो छुवाछुतको अन्त्य गर्ने अभियानमा सकि्रय रहेका दिपज्योति वुहारी समुहकी ज्ञानमाया सुनारले वताउनु भयो । साभारः युग परिवर्तन साप्ताहिक वर्ष २ अंक ८ कार्तिक २२ २०६६ « Go Back |
Supporters / Sponsors :
