दलित समाचार » तीन पुस्तादेखि कटुवाल पेशामा लागेकाको अवस्था अझै दयनीय |
||
| तीन पुस्तादेखि कटुवाल पेशामा लागेकाको अवस्था अझै दयनीय
Posted: November 6, 2009 रामबहादुर जिसी बागलुङ कात्तिक २० । तीन पुस्तादेखि कटुवाल पेशामा लागेका बागलुङको बोहोरागाउँको एक दलित परिवारको अवस्था अहिले पनि दयनीय रहेको छ । बोहोरागाउ गाविस-१ मा विगत ७ वर्षदेखि कटुवालको काम गर्दै आएका भएका ६४ वर्षिय चाउरे विश्वकर्माले कटुवालहरुलाई तलवको व्यवस्था गर्नु पर्ने माग गरेका छन् । हजुरवाले कति वर्ष गर्नु भयो थाहा पाइन बुवा मन बहादुर विकले १५ वर्ष दाजु किर बहादुर विकले १२ वर्ष गाउँमा हुने खबर घोक हाल्दै हिडेको बताउने चाउरेले दाजुको मृत्यु पछि आफुले यो पेशा शुरु गरेको बताए । कमाइ खानालाई जग्गा जागिर गर्नलाई शिक्षा र पेशा गर्नलाई सिप नभएका कारण गाउमा घोक हाल्दै हिड्नु परेको चाउरे विकले बताए । वार्डमा हुने झारा वैठक विवाह ब्रतबन्ध लगायतका कार्यक्रमको घोक हालेर जनतालाई जानकारी दिनु चाउरेको काम हो । गाउलेलाई
सूचना दिए वापत बोहोरागाउ गाविस वार्ड नम्बर १ का ८० कुरियाले एक वर्षमा ४
माना गहु ४ माना मकै र ४ माना कोदो उपलब्ध गराउने गरेका छन् । सो वार्डमा
१ सय २० कुरिया भए पनि ति मध्ये ४० परिवार विश्वकर्मा भएकाले उनीहरुसंगबाट
आफुले अन्न नमागेको चाउरेले बताउनुभयो । उनीहरुको स्थिति कमजोर भएकाले
आफुले नमाग्ने गरेको उनको भनाइ छ ।त्यो बाहेक सो वार्डमा १८ घर पेन्सनवाला छन् । ती परिवारले उधौली र उभौलीमा ५०/५० रुपैया दिने गरेको वृद्ध कटुवाल चाउरेले बताए । ुपिउनु भनेपछि सबैले चिन्ने र सबैलाई सहयोग गर्ने स्वभावका चाउरेका ५ छोरी ३ छोरा छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले सानैमा भारत गएका छोराहरु घर फर्केका छैनन भने २ छोरीको मृत्यु भएको र ३ छोरीको विवाह भएको छ । घरमा ६० वर्षकी श्रीमती हिरा विक मात्र रहेको बताउने कटुवाल चाउरेले बुढेशकालमा शुरु गरेको कटुवाल पेशा चलाउन कठिन भएको बताए । काम गर्न जति गाह्रो छ भने अन्न उठाउन झनै गाह्रो छ उनको भनाइ छ । विकले कटुवाल पेशालाई सरकारले व्यवस्थित गराउनु पर्ने माग गरेका छन् । फोटो – यस्तै हो गरिव निमुखाको दिनचर्या कटुवालको पीडा सुनाउदै चाउरे विक । फोटो- रोशन जि.सी श्रोत: http://www.dhaulashree.com/ « Go Back |
Supporters / Sponsors :

गाउलेलाई
सूचना दिए वापत बोहोरागाउ गाविस वार्ड नम्बर १ का ८० कुरियाले एक वर्षमा ४
माना गहु ४ माना मकै र ४ माना कोदो उपलब्ध गराउने गरेका छन् । सो वार्डमा
१ सय २० कुरिया भए पनि ति मध्ये ४० परिवार विश्वकर्मा भएकाले उनीहरुसंगबाट
आफुले अन्न नमागेको चाउरेले बताउनुभयो । उनीहरुको स्थिति कमजोर भएकाले
आफुले नमाग्ने गरेको उनको भनाइ छ ।