दलित समाचार » दलित युवतीलाई जबर्जस्ती गर्भपतन गराएर प्रेमी भागे |
||
| दलित युवतीलाई जबर्जस्ती गर्भपतन गराएर प्रेमी भागे
Posted: November 6, 2009 गुल्मी, १९ कात्तिक : दलित युवतीलाई करणी गरेर जबर्जस्ती गर्भपतन गराई एक गैरदलित युवक बेपत्ता भएका छन् । पीडित युवती न्यायको खोजीमा सदरमुकाममा भौंतारिइरहेकी छिन् । प्रेमको नाटक गरेर जबर्जस्ती करणी गर्ने बडागाउँ- ६ ठूलापोखराका विनोद थापाले गर्भपतन गर्न लगाएको सोही स्थानकी शर्मिला विश्वकर्मा (नाम परिवर्तन) ले बताइन् । ०६४ सालको असोजदेखि सम्बन्ध राखेका विनोदले गत भदौ १३ गते गर्भपतन गर्न लगाएर बेपत्ता भएको भन्दै शर्मिलाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी गरेकी छिन् । शर्मिलाका अनुसार गत जेठ महिनादेखि उनीहरूबीच निरन्तर शारीरिक सम्पर्क हुँदै आएको थियो । 'जेठमा तम्घास आएकी थिएँ । ऊ पनि एउटै होटलमा बसेको रहेछ । राति आएर म तिमीलाई विवाह गर्छु भन्दै जबर्जस्ती गर्यो,' उनले भनिन्, 'म रोएँ, तर बिहे गर्ने आश्वासन दिएर फकायो ।' गर्भ रहेको थाहा पाएपछि विवाह गर्ने भन्दै बुटवल लगेर गर्भपतन गर्न लगाएको उनको आरोप छ । 'केही दिनभित्र एउटै घरमा बस्ने भनेर मलाई माइतीमा पठायो र आफू भाग्यो,' उनले नयाँ पत्रिकासँग भनिन् । बुटवलबाट फर्केको केही दिनपछि आफू केटाको घरमा जाँदा बुबा-आमाले प्रमाण खोज्दै लखेटेको उनले बताइन् । श्रोत : नयाँ पत्रिका « Go Back |
Supporters / Sponsors :
