दलित समाचार » दलितलाई कुटपीट
दलितलाई कुटपीट
Posted: November 3, 2009
राधे श्याम/लाहान
नेवारको घरमा दलित पसेको भन्दै कार्तिक १२ गते संखुवासभाको स्यावुन ९ का लोकवहादुर विक कुटिएका छन । आफनो घरमा पसेको भन्दै विकलाई स्यावुन गाविस ७ का टंकवहादुर श्रेष्ठ र रमेश श्रेष्ठले कुटपिट गरेका हुन । कुटपिट पछि गम्भीर घाइते भएका विकको संखुवासभाको खादबारी अस्पतालमा उपचार हुननसकेपछि आज काठमाण्डौ पठाइएको अस्पतालले जनाएको छ । विकको छाती टाउको र अनुहारमा गहिरो चोट लागेको छ । कुटपिट पछि प्रहरीले अनुसन्धानका लागी टंकवहादुर र रमेश श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


« Go Back
Supporters / Sponsors :