दलित समाचार » दलित गैर दलितबीचको झडपमा ९ घाइते
दलित गैर दलितबीचको झडपमा ९ घाइते
Posted: October 20, 2009
अमृता अनमोल
बुटवल , २०६६  कार्तिक २ - रुपन्देहीको बोधवार गाविसको पिपरहवामा उत्पत्ति भएको शिव लिङ्गगको विषयलाई लिएर दलित र गैर दलित बीच झडप हुंदा ९ जना घाइते भएका छन् ।

 पिपरहवाका स्थानीय बासिन्दा सदाबृक्ष हरिजनको घरमा निस्किएको शिव लिङ्गगमा चढाएको भेर दानपेटिका गैरदलितहरुले जबरजस्ती लिएर गएपछि सोही बिषयलाइ लिएर दुवै पक्षबीच आइतबार राति झडप भएको थियो ।

झडपमा दलितपक्षका चार ,गैरदलित पक्षका ३ र दुइजना प्रहरी घाइते भएकोे इलाका प्रहरी कार्यालय पिपरहवाले जनाएको छ  । झडपमा स्थितिलाइ नियन्त्रणमा लिन गएका इलाका प्रहरी कार्यालय पिपरहवाका प्रहरी प्रमुख रुपलाल केसी र प्रहरी  बद्री यादव घाइते भएका हुन ।  टाउको र खुट्टामा चोट लागेका घाइते सबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गैर दलितका अगुवा पारसनाथ योगीले त्यहाका स्थानिय युवाहरुलाइ मदिरा खुवाएर जबरजस्ती मुर्तिमा राखेको दानपेटिका लगेपछि दलितहरुले नलैजान आग्रह गर्दा वादविवाद भइ कुटपिट भएको त्यहाका  प्रत्यक्षदर्सीहरुले बताएका छन । प्रहरीले घटनामा संलग्न ६ जनालाई   नियन्त्रणमा लिएको छ । अहिले भने त्यहाको स्थिति सामान्य बनेको छ ।  पिपरहवामा गत भदौमा स्थानीय दलितको घर नजिकै  मुर्ति निस्किएपछि दलित र  गैरदलितबिच विवाद हुदै आएको छ । आफ्नै जग्गामा आफैले भेटाएको मुर्तिमा गैरदलितले  दलित पुजारी राख्न र संरक्षण समिति बनाउन नदिएपछि विवाद उत्पन्न हुदै आएको अवस्थामा झडप भएको हो ।
श्रोत: कान्तिपुर

« Go Back
Supporters / Sponsors :