दलित समाचार » एक लाख पुरस्कार होईन उल्टै जरिवाना |
||
| एक लाख पुरस्कार होईन उल्टै जरिवाना
Posted: October 25, 2009
दैलेख, ७ कात्तिक
सरकारले
दलित बिहे गर्नेलाई एक लाख दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने
दैलेखका दलित युवालाई समाजले कुटपिट गरेर ६० हजार तिराएको छ । तर,
पुरस्कार दिने प्रशासन मौन छ । जगनाथ
गाविस-६ का अमित विक र सविता शाहीबीच १६ भदौमा प्रेमविवाह भएको थियो । यही
'आरोप' मा केटीपक्षले दलित युवालाई कुटपिट गरे, ६० हजार जरिवाना पनि तिराए
। अमित
विकले कुटपिट सहे, ६० हजार पनि तिरे । तर, कथित माथिल्लो जातको समाजले
त्यत्तिमा चित्त बुझाएन । सवितालाई जबर्जस्ती अर्कैसँग बिहे पनि गरिदिएको
छ । सरकारले
अन्तर्जातीय बिहे गर्नेलाई एक लाख दिने भनेको छ । तर, दैलेखका दलितले
अन्तर्जातीय बिहे गरेकै कारण कुटपिट सहनुपर्यो, ६० हजार जरिवाना
तिर्नुपर्यो र प्रेम गरेर भित्र्याएकी श्रीमती छाड्नुपर्यो । तर,
दोषीमाथि कुनै कारबाही भएको छैन । 'बिहे
गरेकै कारण युवालाई कुटपिट गरियो, गरिब परिवारबाट ६० हजार उठाइयो,' दलित
अधिकारकर्मी प्रेम भुर्तेलले नयाँ पत्रिकासित भने, 'दलितकी नवविवाहित
श्रीमतीलाई पनि अर्कैसँग बिहे गर्न बाध्य पारियो, योभन्दा ठूलो अन्याय अरू
के हुन्छ ?' जगनाथ-३ का गोठे विक (दिवंगत)
का छोरा अमित र पदमबहादुर शाहीकी छोरी सविताबीच गत १६ भदौमा बिहे भएको
थियो । तर, गाउँमा बस्दा कुटपिट हुने डरले उनीहरू रातारात भागेर दैलेख
सदरमुकाम आएका थिए । तर,
दुवैजनालाई सदरमुकामबाट फर्काउन २७ भदौमा केटीका बुबा र आमा आएका थिए ।
उनीहरूले दलित युवाकी आमा र दाइलाई पनि लिएर आएका थिए । माइतीपक्षका
अभिभावकले 'जे हुनु भयो, अब तिमीहरूको राम्रोसँगै बिहे गराइदिन्छौँ' भनेर
घर फर्काएका थिए । हामी
घरमा लैजान्छौँ, औपचारिक बिहे पनि गराइदिन्छौँ भन्दै नवविवाहित जोडीलाई
खोजिदिन उनीहरूले अधिकारवादी संघसंस्थासँग अनुरोध पनि गरेका थिए ।
अधिकारवादीहरूको समेत रोहवरमा बेहुलाबेहुलीलाई घर फर्काइएको थियो । तर, २९
भदौको साँझ माइतीपक्षको घर पुग्नासाथ दलित युवा र उनका अभिभावकलाई समेत
कुटपिट गरिएको थियो । 'अभिभावकहरू
नै सदरमुकाम आएर दलित अधिकारकर्मी र अन्य संघसंस्थासँग सुरक्षा र न्यायको
माग पनि गरेका थिए,' अधिकारकर्मी भुर्तेलले भने, 'तर, अभिभावक आएर औपचारिक
बिहे गराइदिने आश्वासन दिएपछि उनीहरू गाउँ फर्किएका हुन्, उनीहरूमाथि धोका
भयो ।' दलित
बेहुला भीरबाट हामफाली भागे पनि उनका दाजुलाई बेहुलीका जेठाबाबु
चक्रबहादुर शाहीले जरिवाना तिर्न बाध्य बनाएका थिए । उनको धम्कीअनुसार
दलित परिवारले ४ असोजमा ५० हजार तिरेका थिए । तर, त्यतिले पुगेन भन्दै
उनीहरू पाँच दिनपछि दलितको घरमा आएर थप १० हजार लिएर गएका थिए । ६० हजार
जरिवाना उठाएपछि दलित युवाकी प्रेमिकालाई जाजरकोट जिल्लाको मजकोट गाविसमा
बिहे गरेर पठाइएको छ । कुटाइबाट
बच्न भागेका अमित अहिलेसम्म बेपत्ता छन् । कुनै दिन उनी घर फर्किए
मारिदिने धम्कीसमेत कथित माथिल्लो जातको समाजले दिएको रुम गाविसका शिक्षक
नन्द विश्वकर्माले जानकारी दिए । उनले भने, 'अमितले एसएलसी पास गरेको
सर्टिफिकेट र मार्कसिट तथा नागरिकता पनि उनीहरूले नै खोसेर लगेका छन् ।'
पीडित परिवारका सदस्य त यति डराएका छन्, उनीहरूले यसबारेमा पत्रिकासँग
केही पनि बोल्न सकेनन् । दलित
स्वावलम्बी समाजका अध्यक्षसमेत रहेका भुर्तेलले घटनालाई दानवीय भन्दै
सरकारले दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बताउँछन् ।
'दोषीलाई सरकारले कारबाही गर्नुपर्छ, न्यायका लागि लड्न हामी तयार छौँ,'
उनले भने, 'न्यायको टुंगो लगाउन पीडितहरूलाई सदरमुकाम बोलाएका छौँ ।
सदरमुकामबाटै उजुरी दिई कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।' श्रोत: नयाँ पत्रिका « Go Back |
Supporters / Sponsors :
