दलित समाचार » गौरीकला स्मृती विद्या पुरस्कार यस पटक शेरबहादुर बिकलाई |
||
| गौरीकला स्मृती विद्या पुरस्कार यस पटक शेरबहादुर बिकलाई
Posted: August 5, 2009 दैलेख १९ साउन । २०६५ सालको नियमित एसएलसी परीक्षामा जिल्लाभरबाट दलित मध्ये सर्वाेत्कृष्ट अंक प्राप्त गरी प्रथम श्रॆणीमा उत्तीर्ण ज्वाला उच्च मावि बेस्तडाका शेरबहादुर बिकलाई रु। २ हजार १ रुपैंयाँको नगद तथा प्रमाण-पत्र सहितको गौरीकला स्मृती विद्या पुरस्कार प्रदान गरिने भएको छ । मजदूर र खेती किसानी गरेर जीविका गरिरहेका कट्टी गाविस वडा नं २ दैलेखका आइते बिश्वकर्माका छोरा शेरबहादुर बिकले ज्वाला उच्च मावि बेस्तडाबाट २०६५ सालको नियमित एसएलसी परीक्षामा सामेल भई दलित मध्ये सर्वाधिक बढी ५६८ अंक प्राप्त गरी उत्तीर्ण भएका हुन् । दलित जागरण केन्द्रका सचिव अमर सुनारले आफ्नो आमा गौरीकला सुनारको स्मृतीमा २०५७ देखि हरेक वर्ष नियमित एसएलसी परीक्षामा उत्तीर्ण मध्यॆ जिल्लाभरबाट उत्कृष्ठ अंक प्राप्त गर्ने दलितलाई दिदै आउनु भएको छ । नेपालमा जातीय विभेद विरुद्ध पहिलो पटक मुलुकी २०२० को अदल १० क नंं मा कसैले कसैलाई जातीपाती धर्म वणर्ं वा कामको आधारमा छुवाछुत वा भेदभाव गरेमा ३ वर्षसम्म कैद वा २५ हजार रुपैंैंयासम्म जरिवाना वा दुवै सजाय हुन सकिने भनी उल्लेख गरिएको अवसरमा दलित संस्थाले मनाउदै आएको मुक्ति दिवस पारेर सो पुरस्कार दिइदै आएको थियो । दलित अधिकारकर्मी नागरिक समाज र दलित गैरसरकारी संस्थाहरुले मुलुकी ऐन २०२० भदौ १ गते घोषणा भएको सन्दर्भ पारेर दिँइदंै आएको यो पुरस्कार यस पटक दलित जागरण केन्द्र संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा साउन २१ गत दिइने जनाइएको छ । « Go Back |
Supporters / Sponsors :
