दलित समाचार » दलित बस्तीमा खानेपानीको समस्या
दलित बस्तीमा खानेपानीको समस्या
Posted: August 2, 2009
रुपा गहतराज
रुकुम १७ साउन
ुबाहिर पानीको झरी छ तर रुकुम अर्मा गाविस -९ काँडाको दलित बस्तीमा भने पानीको अभाव भएको छ । पानी लिन टाढा जानुपर्ने भएकोले उनीहरु आकाशे पानीको भरमा भाँडोमा पानी थापेर प्रयोग गरिरहेका छन् । कक्षा ७ मा अध्ययनरत स्थानीय दलित विद्यार्थी टोपवहादुर नेपालीले भने्-ु कहिलेकाँही त पानी भर्ने पालो समेत पाईदैन पालो नपाउँदा विद्यालय जान पनि छुटिहाल्छ ।ू विभिन्न संघसंस्थालाई हारगुहार गर्दा पनि अहिलेसम्म गाउँमा कसैले पहल नगरेको स्थानीयवासी बताउँछन् । यसरी खानेपानीको अभाव हुँदा फोहोर पानीको प्रयोग गर्दा झाडापखालाजस्तो महामारी रोग फैलिएर धेरैले ज्यान गुमाईसकेका छन् । विशेषगरी समुदायवाट पछाडि पारिएका दलित पिछडिएकाहरुले त झन पानीको समस्या पुर्खाैदेखी नै भोग्दै आएका छन् । झाडापखालाबाट मृत्यु हुनेहरुको तथ्याङ्कमा पनि दलित एवं पिछडिएका वर्गहरु नै बढि देखिएका छन् ।


« Go Back
Supporters / Sponsors :