दलित समाचार » गिरी दाजु भाईलाई जेल सजाय |
||
| गिरी दाजु भाईलाई जेल सजाय
Posted: July 14, 2009 मकवानपुर असार-३० मकवानपुर जिल्ला अदालतले त्यहाँका २ गैर दलितलाई ६ महिनाको जेल सजाय तोकेको छ । शिव गिरी र उनका भाई हिमाल गिरीलाई आफ्नै गाँउका जितबहादुर सुनारलाई दलित भनि कुटपिट गरेको अभियोगमा उनीहरुलाई जेल सजाय तोकिएको हो । मकवानपुरका जिल्ला न्यायधिशको एकल इजलाशले सो सजाय तोकेको हो । जीतबहादुरले आफूलाई दलित भनि गिरी दाजु भाईले कुटपिट गरेको भनि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । दलितको पक्षमा भएको यो जिल्लाको पहिलो घटना हो । « Go Back |
Supporters / Sponsors :
