सभासदका भाईले फेरी कुटे दलितलाई(JMC)
Posted: July 14, 2009
-मिलन परियार डोटी २७ असार - डोटीवाट निर्वाचित सभासद हर्क बहादुर िसंहका भाईले एक दलित परिवारलाई कुटपिट गरी घर निकाला गरेका छ । डोटीको लामिखाल गाविस ७ तलारा घर भएका ३२ वर्षिया श्याम ओडका परिवार लाई जौद ढोग नभनेका कारण घर निकाला गरेको हो । बुधबार दिउसो २ बजे छिमेकी करी ओडको खेतमा रोपाई गरि रहेका बेला अत्यधिक मदिरा सेवनले मातेका डम्मर िसंहले आफुलाई गाउको राजा नमानेको र नढोगेको भन्दै कोदालोले टाउकोमा हिर्काएको सदरमुकाम सिलगढी पुगॆका पिडित श्यामले बताए । खेतमै गएर काम गरिरहेका श्याम ओडलाई िसंहले डुम आजभोली गाउमा सिर ठाडो गरेर हिड्छस मलाई मान्दैनस भन्दै कोदालीले टाउकोमा दुई पटक हिर्काएको र नजिकै रहेकी श्रीमती सुन्तली दाई जय ओडगणेस दमाई र किसन सुनारलाई समेत कुटपिट गरेको उनले वताए । कुटपिट पछि डम्मर िसंह र उनका भतिजा राजेन्द्र िसंहले बढ्दा बोले रातभरमै खुकुरीले एक एकको घाटी रेटी दिने धम्कि दिएपछि उनिहरु ज्यान जोगाउन सदरमुकाम सिलगढी आएका हुन । सम विकास केन्द्रका अध्यक्ष केशव परियारले भने । ज्यान मार्ने धम्कि दिएपछि गाउमा बस्न अप्ठेरो परेपछि जिउ धनको सुरक्षा गरिपाउ भनि दलितहरुले बिहिबार जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक चिरन्जिवी देवकोटाले पिडक सिह लगायतकालाई पक्राउ गर्न बानेडुंग्री सैन प्रहरी चौकीबाट प्रहरी पठाएको तर घरमा नभेटेको वताएका छन । भोली प्रहरी त्यसतर्फ जाने वताए । तर त्यस तर्फ गएका मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान र सम विकास केन्द्रको टोलीले भने सिहलाई घरमानै भेटेको वताएका छन । स्थलगत अध्ययनका लागी त्यस तर्फ पुगेका टोलीलाई आफुले कुटपिट गरेको स्वीकार गर्दै िसंहले मानबअधिकार कर्मि र पत्रकारले साम्प्रदायिक दंगा भड्काउन खोजेको भन्दै कसैले केही गर्न नसक्ने भन्दै धम्कि समेत दिइएको सम्मेलनमा जानकारी दिएका छन् ।
दलितहरु सुरक्षाका लागी सिलगढी पुगेपछि िसंहले मदिरा सेवन गरी दलित बस्तिमा राती गएर धम्कि दिने गरेपछि दलितहरु आतंकित बनेका छन् । दलितहरुले िसंहको डरले रोपाई समेत गर्न सकेका छैनन् भने रोपाईका लागी निकालेको धानका बिउहरु समेत सुक्न थालेका छन् । िसंहले गत बर्ष असार २१ ग्ते यिनै दलितलाई कुट पिट गरेका थिए । कुटपिट पछि सिलगढी आएर जिल्ला प्रहरी कार्यालयमा उजुरी सहित धर्ना दिएपछि मिलापत्र गरेका थिए । मिलापत्र पछि घर गएपछि िसंहका बुवा शेर बहादुर िसंहले दलितहरुलाई गाउमा भेला गराई गाउमा मलाई नसोधेर जिल्लामा गएको भन्दै पाच पाच हजार उल्टै जरिमाना दिन बाध्य गरेपछि गणेश दमाई र भगु ओडले उनको खुट्टामा दुई दुई सय दाम चढाई ढोगेर माफि माग्न लगाएका थिए । « Go Back |