दलित समाचार » रेडियो जागरण पाचौँ वर्षमा प्रवेश |
||
| रेडियो जागरण पाचौँ वर्षमा प्रवेश
Posted: December 17, 2011 सीता बि.के. बुटवल,पुष २ सक्रिय दलित संचारकर्मीको संस्था जागरणमिडिया सेन्टर द्धारा संचालित रेडियो जागरण ९३.६ मेगाहर्जले आजदेखि चौथो बर्ष पुरा गरि पाचौं बर्षमा प्रवेश गरेको छ । आवाज विहिनहरुको आवाज भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संचालित रेडियोले आज आफ्नो प्रशारणको सफलताका साथमा चार बर्ष पुरा गरि पाचौं बर्षमा पाईला टेकेका हो । रेडियाले वि. सं २०६४ साल पुस २ गतेबाट आफ्नो औपचारीक प्रशारण शुरु गरेको थियो । संचारमा मोफसलको राजधानी मानिने बुटवलमा स्थापना भएको रेडियो जागरणले हरेक खालको विभेदका विरुद्ध संचार परवी गर्ने उदेश्य अनुरुप काम गर्दै आएको छ । चार बर्षको दौरानमा श्रोताहरुको माया ममता र शुभेच्छुकहरुको साथ पाएको रेडियोले जनाएको छ । अझै आगामि दिनमा श्रोतासंगको सम्बन्ध र स्थानिय स्तरका सामाग्रीहरुलाई प्राथमिकता दिईने स्टेशन म्यानेजर शिवजी गायकले बताउनुभएको छ । रेडियो जागरण अहिले दैनिक विहान ५ बजेदेखि राती ११ बजेसम्म जम्मा १८ घन्टा प्रशारण हुदै आएको छ । « Go Back |
Supporters / Sponsors :
