दलित समाचार » जागरण मिडिया सेन्टरद्धारा छात्रवृति बितरण |
||
| जागरण मिडिया सेन्टरद्धारा छात्रवृति बितरण
Posted: November 28, 2011 गत बर्षको एसएलसी परीक्षामा उत्कृष्ट नम्बर ल्याउने चार जना दलित विद्यार्थीहरुलाई जागरण मिडिया सेन्टरले छात्रवृति प्रदान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच शिक्षा राज्यमन्त्री लीला भण्डारीले विशिष्ट श्रेणी ल्याई उत्तिर्ण गर्ने दुईรทदुई जना दलित छात्र छात्रालाई सम्मान गर्नुभएको हो । कार्यक्रममा मन्त्रि भण्डारीले शिक्षा क्षेत्रमा हुनेखानेको मात्र पहुँच भएको र यस्तो अवस्था हटाउन शिक्षा निति मा परिवर्तन गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले सामुदायिक विद्यालयको पाठ्यक्रम लाई परिवर्तन गर्न चासो नदेखाउने तर निजि क्षेत्रलाई मात्र गाली गर्ने प्रवृत्ति त्याग्नु पर्ने समेत बताउनुभयो । मन्त्री भण्डारीले राज्यले शिक्षा क्षेत्रमा लागनी गरिरहेको भएपनि अनुगमन र मुल्यांकन नगरेकाले सामुदायिक विद्यालय सुकेनास लागेको वालक झै भएको वताउनु भयो । सभासद विनोद पहाडीले छात्रवृित कार्यक्रम, सामुदायिक विधालयका लागि मात्र नभएर निजि क्षेत्रका विद्यायलयवाट आउने दलित, गरिव विद्यार्थीहरुलाई समेत व्यवस्था गरिनु पर्ने वताउनु भयो । साथै सभासद पहाडीले नीजि विद्यालयले गरिव दलित तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पनि समेटिरहेको हुदा उनीहरुको अधिकारको हनन गर्न नहुनेमा जोड दिनु भयो । कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष गणेशमान गुरुङ्ग, शिक्षाविद विद्यानाथ कोईराला, पत्रकार तथा प्राध्यापक केदारनाथ कोईराला लगाएतका वत्ताहरुले सरकारले दलित विधार्थीका लागि कोटा छुट्याएपनि व्यवहारिक रुपमा लक्षित समुदायले पाउन नसकेको गुनासो गर्दै सामुदायिक विद्यायलयहरुलाई कसरी नीजि विद्यालय संग सन्तुलित वनाउन सकिन्छ भन्ने विषय चुनौति पुर्ण रहेको वताउनु भयो । « Go Back |
Supporters / Sponsors :
