दलित समाचार » दलित महिलाहरु मदिरा नियन्त्रण अभियानमा
दलित महिलाहरु मदिरा नियन्त्रण अभियानमा
Posted: November 9, 2011

सीता बि.के.               

बटवल,कार्तिक २३

नवलपरासीको विकट पहाडी क्षेत्रअन्तर्गत पर्ने कोटथर गाविसका दलित महिलाहरु मदिरा नियन्त्रण अभियानमा लागेका छन् गाविसको वडा नं का दलित महिलाहरु संगठित भएर मदिरा नियन्त्रण अभियानमा लागेका हुन्

 यसरी मदिरा नियन्त्रण गर्न अभियान संचालन गरेपछि कोटथर गाविसमा हाल मदिराको विक्री वितरण तथा सेवनमा समेत ५० प्रतिशतले कमी आएको स्थानीय दलित अगुवा होमबहादुर कामीले बताउनु भयो महिलाले मदिरा नियन्त्रण अभियान थालेपछि मदिरा पिउनेको संख्यामा कमी आएको भने बिक्री वितरणमा समेत कमी आएको उहाँले बताउनुभयो  

 आफ्नो अभियानमा अरु विभिन्न जातिका युवाहरुले पनि सहयोग गर्ने विश्वास मदिरा नियन्त्रण अभियानकी संयोजक मैना विश्वकर्मा व्यक्त गर्नुभयो  


« Go Back
Supporters / Sponsors :