दलित समाचार » अन्तरजातिय प्रोत्साहन रकम यो बर्ष रोकियो
अन्तरजातिय प्रोत्साहन रकम यो बर्ष रोकियो
Posted: November 4, 2011

सीता बि.के.

ब्ुाटवल, कार्तिक १८

सरकारले उपलब्ध गराउदै आएको अन्तरजातिय प्रोत्साहन रकम चालु आर्थिक बर्षमा रोकिएको दलित गैरदलित विच विवाह भएको खण्डमा सरकारले एक लाख रुपैयाप्रोत्साहन स्वरुप उपलब्ध गराउदै आएको थियो तर यो चालु आर्थिक बर्षको चार महिना वितिसक्दा पनि अन्तरजातिय प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्तरता दिईएको परिपत्र नआएको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको   प्रशाशनले परिपत्र नआएको जनाएपछि अन्तरजातिय विवाह गरेका जोडीहरु निवेदन दर्ता गरेर मात्रै फर्केका छन् सरकारले दलित गैरदलित समुदायका विचमा रहेको विभेदलाई कम गर्न  विवाहित जोडीहरुलाई प्रोत्साहन गर्न एक लाख रुपैयाउपलब्ध गराउदै आएको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीका लेखापाल पर्शुराम पराजुलीले सरकारले अहिलेसम्म कार्यक्रमलाई निरन्तरता नदिएकाले रकम उपलब्ध गराउन नसकेको बताउनुभयो उहाले पोहोर अलि चाडैनै कार्यक्रमको परिपत्र आएको भएपनि यो बर्ष ढिलाई भएकाले निरन्तरतानै नहुने हो की भन्ने शंका बढेको बताउनुभयो उहाका अनुसार गत बर्ष जोडीलाई लाख रुपैया प्रोत्साहन भत्ता उपलब्ध गराईएको त्यस्तै गत बर्ष नै निवेदन परेका जोडीको भने अझैसम्म पनि रकम आएको छैन यो बर्ष कार्यक्रम नआएपछि ÷ जोडीहरुले निवेदन मात्रै दर्ता गराएका छन्  


« Go Back
Supporters / Sponsors :