दलित समाचार » दलितहरुले गर्दै आएको परम्परागत पेशालाई आधुनिकिकरण र सम्मान गर्नु पर्छ ः सभासद पृथ्वी सुब्बा गुरुङ
दलितहरुले गर्दै आएको परम्परागत पेशालाई आधुनिकिकरण र सम्मान गर्नु पर्छ ः सभासद पृथ्वी सुब्बा गुरुङ
Posted: November 2, 2011
अंभिर प्रसाद वि.क.
लमजुङ– कार्तिक १६ गते । पश्चिम लमजुङको भोजे गाउविकास समितिमा आईतवार दलित तथा उत्पीडित वर्गको नेतृत्व क्षमता अभिवृद्धि तालिमको पुर्व पर्याटन तथा नागरिक उड्यान मन्त्रि एवं संविधानसभाका सदस्य पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
उद्घाटनमा मन्वब्य राख्दै गरुङले दलित जातिले गर्दै आएको परम्परागत पेशालाई आधुनिकिकरण गर्नु पर्ने र पेशालाई सवैले सम्मान गर्नुपर्ने वताउनु भयो ।
स्थानिय दलित उत्थान तथा जनचेतना समितिको आयोजनामा भएको कार्यक्रममा सभासद गुरुङले जनताद्धारा चुनिएको वैधानिक संस्था एकमात्र संविधानसभा भएकाले संविधान जारी नभई विघटन नहुने र अव वन्ने संविधान ढिलै वन्ने भएता पनि राम्रो वन्ने वताउनु भयो ।
तिन दिने उक्त तालिमको उद्घाटन कार्यक्रममा नेपाली काग्रेस भेजेका सभापति पसवहादुर गुरुङ, नेकपा एमाले भोजेका अध्यक्ष कुस वहादुर गुरुङ, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अंभिर प्रसाद वि.क., दलित सेवा संघका उपाध्यक्ष सोमवहादुर वि.क., रेडियो मस्र्याङदीका कार्यक्रम प्रस्तोता अशोक अधिकारी लागायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम दलित उत्थान तथा जनचेतना समिति भोजेका अध्यक्ष चित्रप्रसाद वि.क.को अध्यक्षतामा भएको थियो ।
मंगलवार संपन्न उक्त तालिममा मानव जातिको उत्पति, जात र जातिको उत्पति, शुद्रको उत्पति, सुद्रलाई कसरी अछुत वनाईयो, पञ्चमवर्ण र छुवाछुत प्रथाको उत्पति, नेपालमा वेला वेलामा वनेका ऐन, कानुन, संविधान र तिनमा रहेका त्रुटीहरु, उत्प्रेरणा, स्वाय विकास र प्रभाव पार्ने तत्वहरु, शसक्तीकरण के हो, नेतृत्व विकास र नेतृत्वमा हुनु पर्ने गुणहरु लगायतका विषयमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अंभिर प्रसाद वि.क., दलित सेवा संघका उपाध्यक्ष सोमवहादुर वि.क., रेडियो मस्र्याङदीका कार्यक्रम प्रस्तोता अशोक अधिकारी ले प्रशिक्षण दिनु भएको थियो ।

« Go Back
Supporters / Sponsors :