दलित समाचार » हरेक क्षेत्रमा दलित महिलाहरुको सहभागिता न्यून रहेको सरोकारवालाहरुको गुनासो
हरेक क्षेत्रमा दलित महिलाहरुको सहभागिता न्यून रहेको सरोकारवालाहरुको गुनासो
Posted: October 25, 2011
 सीता बि.के.  
बुटवल , कार्तिक ८

विभिन्न सरकारी,गैरसरकारी एंव राजनितिक पार्टिहरुमा दलित महिलाहरुको सहभागिता न्यून भएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । 
दलित महिला संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको ‘सरकारी,गैरसरकारी,विभिन्न राजनितिक दल र तिनका भातृसंगठनमा दलित महिलाहरुको अवस्था’बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो ब्यक्त गरेका हुन् ।
उनीहरुले सबैभन्दा पछाडि पारिएका दलित समुदायका महिलाहरुलाई हरेक निकायमा सहभागि गराउन माग समेत गरेका छन् ।कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ (एकिकृत)का रुपन्देही उपाध्यक्ष कमला सुवेदीले दलित समुदायकै प्रतिनिधित्व कम भएको बताउदै दलित महिलाहरुको अवस्था कुनै पनि निकायमा शुन्य जस्तै रहेको बताउनुभयो ।  अनेमसंघ रुपन्देहीका सचिव थान कुमारी थापाले महिलाहरुकै सहभागिता सुनिश्चिता नभएको बताउदै गर्नुपर्नेमा जोड दिनुभयो ।दलहरुको तर्फबाट बोल्दै नेपाली काग्रेस रुपन्देहीका क्ष्ँेत्रिय सभापति हरि बहादुर आचार्यले दलित महिलाहरु आफै सक्रिय हुन जरुरी रहेको बताउदै शिक्षामा सिंगो समुदाय सचेत हुन आग्रह गर्नुभयो ।
सो अवसरमा मुक्ति समाज रुपन्देहीका अध्यक्ष नन्द बहादुर खड्काथोकी,नेपाल दलित संघका रवि विश्वकर्मा,समता समाज रुपन्देहीका जित बहादुर विश्वकर्मा, बुटवल उद्योग बाणिज्य संघका हरि अर्याल, बुटवल नगरपालिकाका राधिका श्रेष्ठ,नेत्रहिन संघका केन्द्रिय सदस्य यम बहादुर विश्वकर्मा,पौरखी नेपालका कोषाध्यक्ष जानकी शर्मा,सृजनशिल समाज रुपन्देही अध्यक्ष रिमा विसि लगायतले  दलित महिलाको सहभागिता सारै न्यून रहेको बताउदै हरेक दल,संघसंस्थाले नितिगत रुपमा महिलाहरुको सहभागिताको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए । संघका जिल्ला सदस्य पुर्णकला खड्काथोकीको अध्यक्षता, सावि विकको संचालनमा सम्पन्न भएको कार्यक्रमको मनु खड्काले अन्तरक्रिया कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । 


« Go Back
Supporters / Sponsors :