दलित समाचार » दलित र मुस्लिमको छात्रवृत्तिमा राजनीतिक दलको चासो |
||
| दलित र मुस्लिमको छात्रवृत्तिमा राजनीतिक दलको चासो
Posted: October 24, 2011 रुपा गहतराज नेपालगंज कात्तिक ६गते । नसर्िङ अध्ययनका लागि लिएको परिक्षामा आरक्षण भित्र परेका ६५ प्रतिशत छात्राहरु अनुर्तीण भए पछि बांकेका राजनीतिक दलहरुले त्यसको कारण खोज्न थालेका छन् । निकै कसरत गरेर बांकेमा मुस्लिम र दलितका लागि आरक्षण दिलाउन सफल भएका राजनीतिक दलहरु परिक्षाको नतिजा देखेर निराश भएका छन् । उनीहरुले विद्यार्थी अनुतिर्ण हुनुका पछाडी प्राविधिक वाहेकका कारण खोजेर समाधान निकाल्ने बताएका छन् । मुस्लिम र दलित छात्राको शिक्षामा चासो देखाएका बांकेका राजनीतिक दलहरु अनुतिर्ण हुनुको कारण खोज्न र समाधानको पहल गर्न बैठक बसेका छन् । दलित सेवा संघको पहलमा बसेको बैठकमा सहभागी नेपाली कांग्रेस एमाले माओवादी फोरम लोकतान्त्रिक तमलोपा लगायतका दलका नेताहरुले यस विषयमा गम्भिर चासो ब्यक्त गरेका हुन् । ुजसको लागि आएको सुविधा हो उसले पाउनुपर्छु तमलोपाका केन्द्रिय सदस्य विजय कुमार गुप्तले -ुपास भएका सबैलाई पढाउनु पर्ने नीति भएकाले पास नगराएको हुनसक्ने बताउनुभयो ।ु राजनीतिक दलहरुले दलित र मुस्लिम समुदायले शैक्षिक आरक्षणको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । सरकारले यो वर्ष बाके र कपिलबस्तु जिल्लाका मुस्लिम र दलित समूदायका छात्राहरुका लागि नसर्िङ अध्ययन गर्ने अबसर दिन आरक्षणको ब्यबस्था गरेको हो । बांकेमा मात्र करिब दुई सय छात्रालाई अध्ययनका लागि आवश्यक पर्ने वजेट समेत निकासा भएको छ । तर परिक्षामा ३५ प्रतिशत छात्रााई मात्र उतीर्ण गराएकाले अरक्षण तथा छात्राबृत्ति अधिकारबाट बन्चित हुनु परेको भन्दै राजनीतिक दलहरुले समेत परिक्षा प्रणालिको बिरोध गरेका छन् । आज नेपालगन्जमा बसेको सर्बदलिय बैठकले सिटिइभिटीले लिएको परिक्षामा फेल भएकाहरुलाई पुन परिक्षा दिने ब्यबस्था मिलाउन माग गरेको छ । ुसिटिइभिटिको पुन परिक्षा गराउने नीति छ ु नेकपा माओवादीका जिल्ला इन्चार्ज डम्बर विक तुफानले भने-ुदलका तर्फवाट पहल गर्ने हो भने यो समस्या ठुलो हुंदैन ।ु बैठकले सबै राजनीतिक दलले आफ्ना केन्द्रिय तहका नेता समक्ष यो समस्यालाई राखेर समाधानको पहल गर्ने निर्णय समेत गरेको छ । त्यस वाहेक स्थानिय निकाय मार्फत दवाव दिने निर्णय गरिएको माओवादी नेता तुफानले बताउनुभयो । बैठकले नसर्िङ बाहेक प्रबिधिक बिषय अध्ययनको अबसर दिन समेत माग गरेको छ । बांकेमा ४ सय २० जना मुस्लिम र दलितले परिक्षाका लागि फाराम भरेका थिए । ३ सय ७० परिक्षामा सहभागी भएका मध्ये ३९ जना मात्र उतिर्ण भएका छन् । उतिर्ण भएकाहरुका लागि पनि जिल्लामै पढ्ने ब्यवस्था छैन । विपन्न र पिछडीएका वर्गका लागि आरक्षणको ब्यवस्था गरेको सरकारले पढ्नका लागि जिल्ला बाहिर जाने नीति बनाउनु अब्यवहारीक भएको मुस्लिम र दलितहरुको भनाई छ । बांकेका राजनीतिक दलले पनि जिल्लामै पढ्ने ब्यवस्था मिलाउन माग गरेका छन् । ुपीडित र आर्थिक अवस्था कमजोर भएकाले नै कोटा चाहिएको होु तमलोपा नेता गुप्ताले ुआफ्नो जिल्लामा पढ्न नपाउने नीति अब्यवहारीक रहेको बताउनुभयॊ ।ु बांकेमा परिक्षा दिएर उतिर्ण भएकाहरु पढ्नको लागि जनकपुर र राजविराज जानुपर्ने बाध्यता छ । नेपाली कांग्रेसका जिल्ला सभापति डा। अरुण कोइरालाले आगामी ५ र १९ गते हुने पुन परिक्षामा सामेल गराउन पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । बैठकमा नेकपा एमालेका निरक गुरुङ्ग मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष हिरालाल लोनिया दलित सेवा संघका केन्द्रिय सदस्य इश्वरी विक जिल्ला अध्यक्ष बुद्ध सुनार लगायतको सहभागीता थियो । मुस्लिम समुदायका अगुावाहरुले परिक्षा लिने क्रममा आर्थिक भ्रष्टाचार भएको आरोप समेत लगाएका छन् । ुस्टाफ नस्रको परिक्षा दिन २५ हजार मागिएको थियोु मुस्लिम अगुवा महिला रुवि खां लेुपैसा दिन नसक्ने अनुतिर्ण भएको बताउनुभयो ।ु « Go Back |
Supporters / Sponsors :
