दलित समाचार » दलित सृजनशिल पत्रकारिता पुरस्कार स्थापना |
||
| दलित सृजनशिल पत्रकारिता पुरस्कार स्थापना
Posted: October 23, 2011 सीता बि.के. ब्ुाटवल,६ कार्तिक जातिय विभेद र असमानताका विरुद्ध संचार वकालत गर्ने उदेश्यका साथ गठन भएको दलित पत्रकार संघ नवलपरासीले ‘दलित सृजनशिल पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ । दलित पत्रकार संघ रुपन्देहीका पदाधिकारी र सल्लाहाकार समितिको रोहवरमा नवलपरासीको दुम्कीबास बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो । हरेक बर्ष विभेदका विरुद्ध संचारमाध्यममा काम गरेका दलित पत्रकारहरुलाई हौसला प्रदान गर्नको लागि ५ हजार राशि बराबरको ‘दलित सृजनशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिने संघका नवलपरासी अध्यक्ष रामु विश्वकर्माले बताउनुभयो । दुम्किबासका प्रकाश गहतराजले स्व.छोरा अनुराग गहतराजको सम्झनामा ३ हजार र नारायणगढ चितवनका यम बहादुर विकले स्व.बुवा सन्त बहादुर विकको सम्झनामा २ हजार गरि ५ हजारको पुरस्कार राशिको ब्यवस्था मिलाईएको संघले जनाएको छ । साथै बैठकले रुपन्देही केन्द्रीय कार्यालय हुने गरि नवलपरासीलाई शाखाको रुपमा राख्ने निर्णय समेत भएको संघले जनाएको छ । यसअघि गठन भएको दलित संचारकर्मी मंचलाई परिवर्तन गरि दलित पत्रकार संघ नवलपरासी नाम कायम गरिएको सचिव श्यामराज विश्वकर्माले बताउनुभयो । « Go Back |
Supporters / Sponsors :
