दलित समाचार » सजाय तोकेका गाउलेले पिडित युवा समक्ष माफि मागे |
||
| सजाय तोकेका गाउलेले पिडित युवा समक्ष माफि मागे
Posted: October 22, 2011 दलित युवालाइ ढुङगा बोक्ने सजाय तोकेका ठुलोलुम्पेक गाउलेले पिडित युवा समक्ष माफि मागेका छन । ईलाका प्रहरी रिडीमा हिजो भएको छलफलपछि मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुक्माङगत भट्राई समेतका व्यतिmले मन्दिर पसेको निहुमा ढुङगा बोक्ने सजाए तोक्नु गलत भएको निष्र्कष निकाले पछि माफि मागेका हुन । स्थापनिय बुद्धिजिबी ,दलित नेता संचारकर्मी ,प्रहरीको रोहवरमा भएको छलफलमा ५ बुदे सहमती समेत भएको छ । मन्दिर प्रवेश गरेका गुल्मी ठुलोलुम्पेक ९ का २४ बर्षिय हरी विश्वकर्मा मन्दिर प्रवेश गरेको आरोपमा स्थानियले कुटपिट गर्नुको साथै ढुङगा बोक्ने सजाय तोकेका थिए । विश्वकर्माले स्थानिय अनन्त भट्राई ,रुक्मागत भट्राई, राम प्रसाद पाण्डेय ,यन्जन पाण्डेय , मनोज पाण्डेय ,निर्मल पाण्डेय ,हेमन्त भट्राई लगायत बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । २ दिन भएको छलफलपछि माफि मागेर विवाद टुङगिएको प्रहरीले बताएको छ । मन्दिर प्रवेशमा रोक लगाउन पाईदैन । दलित भएकै कारण अपहेलना गर्न नपाईने , सार्वजनिक स्थलमा उनीहरुलाई भेदभाव गर्न नपाईने ,ढुङ्गा बोक्ने सजाय फिर्ता गर्ने लगायतका सहमतीभएको छ । « Go Back |
Supporters / Sponsors :
