दलित समाचार » सरकारमा दलित सहभागि नराएकोमा आक्रोश
सरकारमा दलित सहभागि नराएकोमा आक्रोश
Posted: October 15, 2011

सीता बि.के.   
ब्ुाटवल , รท वर्तमान सरकार दलितको भावाना विपरितको भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । डा. बाबुराम भट्टराई जस्तो समावेशि र समानताका कुरा उठाउने ब्यक्ती प्रधानमन्त्रिमा हुदा समेत एक जना पनि दलितलाई न्त्रिमण्डलमा सहभागि नगराएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । 
जागरण दलित संजाल दोभान पाल्पाको पाचौं साधारण सभामा बोल्ने बतmाहरुले यस्तो कुरा बताएका हुन । कार्यक्रममा बोल्ने बतmाहरुले बिगतमा जस्तै यो सरकारले पनि दलितका सवालमा गम्भीर नभएको तथा दलित समुदायलाई उपेक्षा गरेकोमा दुःख समेत ब्यक्त गरेका थिए । कार्यक्रममा दोभान अपाङ्ग संजालका अध्यक्ष विष्णु घिमीरे , रीभरसाईन्स इङगलिस बोडिङ स्कुलका प्रिन्सीपल कृष्ण रेग्मी , नेपाल दलित मुतिmमोर्चाका सचिव मिलन बिश्वकर्मा, एकिकृत नेकपा माओवादी इलाका नम्बर ८ पाल्पाका ईन्चार्ज भुवन जि.सी, दोभान गाबिस सचिव यादव प्रसाद अर्याल लगायतले आ आफ्ना धारण राख्नु भएको थियो । 
त्यस्तै साधारण सभाले २ पुन  राम बहादुर विश्वकर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लीला विश्वकर्मा ,संचिवमा निर बहादुर विश्वकर्मा,सह संचिवमा मुतिm नेपाली,कोषध्यक्षमा मीना विश्वकर्मा,सदस्यहरुमा चित्रबहादुर विश्वकर्मा, टुक बहादुर विश्वकर्मा ,तील कुमारी परियार लगायत ११ सदस्य कार्यसमीति चयन गरेको छ । 
कार्यक्रम दलित संजालका अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षता सचिव निरबहादुर विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । 


« Go Back
Supporters / Sponsors :