दलित समाचार » हत्यामा संलग्न ५ जना पक्राउ |
||
| हत्यामा संलग्न ५ जना पक्राउ
Posted: September 5, 2011 नेपनलगंज भदौ १७गते । अन्तरजातीय बिवाह पछि केटी पक्षहरुबाट खुकुरी प्रहार गरि मृत्यु भएका सेते दमाईको हत्यामा संगल्न नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैलेखको तोली गावीस वडा न।ं २ धनिगाउँका एक अन्तरजातीय जोडीले बिहे गरेपछि केटी पक्षका आफन्तहरुले खुकुरी प्रहार गरी घाईते भएका सेते नेपालीको बुधवार राती उपचारको क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यू भएको थियो । घरमै गएर आक्रमण गरेका नौ जना मध्ये ५ जनालाई यदी भाद्र १५ गते प्रहरीले पक्राउ गरिसकेको र मुख्य अभियुक्तका रुपमा रहेका विन्दु शाहीलाई दैलेख र सुर्खेतको सिमावर्ती क्षेत्रको रुपमा रहेको सेरी गाविसको जंगलबाट पक्राउ गरेको र जीवन शाहीलाई दैलेखको पूर्वी क्षेत्रमा पर्ने विन्ध्यावासीनी गाविसबाट पक्राउ गरेको बताएको छ । पिडीतहरुले हत्यामा संलग्नहरुमध्ये नौ जनाको बिरुद्धमा जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी मुद्धा दर्ता गराएका छन् हत्यामा संलग्नहरुमध्ये तुलबहादुर चन्द गणेश िसंह कृष्ण खत्री जीवन िसंह विन्दकला शाही लगाएतका ९ जनालाई नियन्त्रणमा लिईसकेको र तत्काल सार्वजनीक गरिने जानकारी प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले जानकारी दिएका छन् । जिल्लामा काम गर्दे आएका विभिन्न दलित अधिकारकर्मी र जिल्लामा काम गर्दै आएका नौ वटा दलित संघ संस्थाहरुले हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भई सकेको अवस्थामा दैलेखमा घटेको घटनाले दलित समुदायको जातीय स्वाभिमान र मानव अधिकारको घोर उलंघन भएको भन्दै कानुनी कार्वाहीका लागि सरोकारवाला राजनीतिक दल मानव अधिकारवादी संघ संस्था प्रहरी प्रशासन र पत्रकारहरुलाई सहयोगको अपिल गरेका छन् । १३ गते मंगलवार साँझ गएका यूवाहरुको समूहले सन्ते दमाईको छातीमा खुकुरी प्रहार गरी भागेका थिए । घाईतेलाई उपचारको लागि १४ गते जिल्ला सदरमुकाम दैलख ल्याई जिल्लामा उपचार हुन नसक्ने भन्दै सुर्खेत पुर्याईएको र उनको उपचारका क्रममा मृत्यु भएको थियो । « Go Back |
Supporters / Sponsors :
