दलित समाचार » दलित महिलाले गाउँ भरि पाहुना भरिन
दलित महिलाले गाउँ भरि पाहुना भरिन
Posted: September 5, 2011
धनु सुन्दोसी 
पाल्पा 

           हुँगी गा वि स वडा नं ७ की अधबैशे एक  दलित  महिलाले भविष्यवाणी गर्न थालेपछि उहाँलाई ग्रहदशा हेराउनेहरुका कारण गाउँभरि पाहुना भरिदै आएका छन् ।

 

         २ छोरा र ५ छोरी गरि ७ सन्तानकी आमा ४९ वर्षीया सुन्तली दमाईले विगत १० वर्ष यता िदंशगत आत्मालाई बायुको रुपमा बालाई ग्रहदशा हेराउदै आउनुभएको छ । उहाले गरेकेा भविष्यवाणीसँग मानवीय जीवन मेला खाएको भन्दै पाल्पा स्यांगजा तनहुँ अर्घाखाँची लगायत का जिल्लाका स्थानीय बासिन्दाहरु लहर लागेर ग्रहदशा हेराउन आउने गरेका छन् । दैनिक ५ जनादेखि एक सय जनासम्म पाहुनाहरु ग्रहदशा हेराउनकै लागि हुँगी गाविसमा भित्रिने गरेका छन् । सोही दिन बिहान आउँदा समयमा आउन नसकिने भएकोले टाढा टाढाका नचिनेका आफन्तहरु पनि पुरानो नाता खोज्दै बास बस्न आउने गरेका कारण आफूकँहा कहिल्यै पाहुना नटुकेको हुँगी ४ पाल्पाकी केशरी न्यौपानेले बताउनुभयो ।

 

           हुँगी गाउँ विकास समितिका कार्यालय सहायक हरि भण्डारीले भन्नुभयो नौडाँडा पारिका मान्छेहरु समेत पुराना धुराना आफन्त खोज्दै बास बस्न आइपुग्छन् । उहाँ अगाडि भन्नुहुन्छ हुँगीको भविष्यवाणीको चर्चाकै कारण हाम्रो गाविसलाई धेरै भविष्यबाणी बताउने गाविसका रुपमा चिन्दै आएका छन् ।

 

           एक पटक आएर ग्रहदशा हेराएपछि सबै कुराहरु पुगेको बताउँदै पुन आफ्नो र आफ्नो परिवारको भविष्यबाणी खोज्दै टाढा टाढाका जिल्लाबाट समेत पाहुना आउने गरेकेा स्थानीय बासिन्दाहरु बताउँछन् । बिहानै सबेरै उठेर गोठ धन्दा सकेपछि पुजापाठ गरेर उपस्थित सबैको भविष्यबाण्ी बताउँने सुन्तलीको दिनचर्या नै बनेको छ ।

    

        आफ्नो र आफ्नो परिवारको भविष्यबाणी जान्न चाहने ब्यक्तिले हातमा फूल अविर र अक्षता लिएर बसेपछि उपस्थित ब्यक्तिको पितृ बोल्ने र उनै पितृले उनीहरुको विगत वर्तमान र भविष्य बताइदिने गरेपछि धेरैका लागि चासोको बिषय बनेको हो । आफ्नो ग्रह दशा हेराउनका लागि अर्घाखाँचीको खिदिमबाट देड दिनको बाटोबाट हुँगी पुग्नुभएकी सरतिा विश्वकर्माले भन्नुभयो हाम्रा घरतिरका मान्छेहरु पहिले यहाँ आएर गएपछि भनेका कुरा सबै पुगेपछि हामी पनि ग्रहदशा हेराउन आएका हौं ।


« Go Back
Supporters / Sponsors :