प्रेस विज्ञप्ती » दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा हत्या (प्रेस विज्ञप्ती)- DNF |
||
| दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा हत्या (प्रेस विज्ञप्ती)- DNF
Posted: September 1, 2011 मितिः २०६८/०५/१५
प्रेस विज्ञप्ती
दैलेख जिल्ला तोली गा।वि।स। वडा नं। २ धनीगाँउ निवासी सेते दमाईका २२ वर्षिय छोरा सन्ते दमाई र सोही ठाँउ बस्ने २० वर्षिय राजकुमारी शाहीले २०६८ साउन २८ गते प्रेम विवाह गरेका थिए । उक्त प्रेम विवाहलाई अस्विकार गर्दै्र केटीराजकुमारी पक्षका आफन्तको एक हतियारधारी समुहले केटा सन्तेका बाबुलाई यहि भदौ १३ गते खुकुरी प्रहार गरी सख्त घाईते बनाएकोमा उपचार हुदा हुदै मध्य-पश्चिमााचल क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको छ । अन्तरजातीय विवाह गरेकै निँहुमा केटाका बाबुको हत्या भएको घटनाप्रति दलित गैरसरकारी संस्था महासंघ घोर भत्स्रना गर्दछ । नेपालको अन्तरिम संविधान जातीय छुवाछूत निषेध तथा कसुर ऐनले विवाह गर्न कुनै जातिको आधारमा विभेद नहुने नेपाल सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप रु। १ लाख प्रदान गरिरहेको अवस्थामा देश संवैधानिक रुपमा छुवाछूत मुक्त राष्ट्र भइसकेको र धर्मनिरपेक्षता कायम भइसक्दा समेत देशका विभिन्न क्षेत्रमा दलित समुदाय माथि जातीयताकै आधारमा छुवाछूत विभेद र बिाचतीकरण र हत्या गरिँदा पनि नेपाल सरकारले दलित समुदाय माथि हुने यस्ता अन्याय र अत्याचारका विरुद्धमा कडा कानूनी व्यवस्था र भएका कानूनलाई कार्यन्वयन गराउन नसक्नु छुवाछूत मूक्त राष्ट्र घोषणा धर्मनिरपेक्षता जस्ता संवैधानिक व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौता कानून तथा मानवअधिकार समेतको खिल्ली उडाएको स्पष्ट हुन्छ । दलित मानवअधिकार र सामाजिक न्यायको प्रवद्र्धन र सम्बद्र्धन गर्नका लागि कि्रयाशिल करिब ३०० दलित गैरसरकारी संस्थाहरुको छाता संगठन यस महासंघले यस घटनालाई सहयोग गरी हत्या गर्ने हत्याराहरुलाई कडा भन्दा कडा कारवाही पीडित पक्षलाई न्याय र नवविवाहित जोडीलाई सुरक्षाको प्रत्याभूति दिलाउन साथै पीडितका पक्षमा सहयोग गर्न नेपाल सरकार स्थानीय प्रशासन मानवअधिकारकमी पत्रकारलगायतलाई हार्दिक अनुरोध गर्दछ । साथै दैलेखका दलित अधिकारकर्मीले दैलेखमा पीडितका पक्षमा गरिरहेको आन्दोलनमा महासंघ ऐक्यवद्धता जाहेर गर्दछ । यस घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही पीडित पक्षलाई न्याय र नवविवाहित जोडीलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार स्थानीय प्रशासनले आलटाल र घटनालाई ढाकछोप गर्न खोजे महासंघ आफ्ना सदस्य संस्थाहरु सहित कडा आन्दोलनमा उत्रने छ । यसबाट आउने परिणामको जवाफदेही सम्बन्धित पक्ष हुनु पर्नेछ । ………… जे।बि विश्वकर्मा महासचिव
दलित गैरसरकारी संस्था महासंघ (DNF)
« Go Back |
Supporters / Sponsors :
