प्रेस विज्ञप्ती » दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा गरिएको हत्याको बिरोधमा (प्रेस विज्ञप्ती)- दलित नागरिक समाज
दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा गरिएको हत्याको बिरोधमा (प्रेस विज्ञप्ती)- दलित नागरिक समाज
Posted: September 1, 2011
दलित संघ/संगठन तथा नागरिक समाजको तर्फबाट जारी
संयुक्त प्रेश विज्ञप्ती
मिति २०६८/०५/१५

मिति २०६८ साल भाद्र १३ गते वेलुका अंन्दाजी ९ बजेको समयमा दैलेख जिल्ला टोली गा.वि.स. वार्ड नं. २ निवासी सन्ते दमाई र सोही गा.वि.स. निवासी राजकुमारी शाही वीच अन्तरजातीय विवाह भएको विषयलाई लिएर स्थानीय कृष्णबहादुर शाहीको नेतृत्वमा आएको हतियारधारी समुहले खुकुरी प्रहार गरी केटाको वावु सेते दमाईको हत्या गरिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनाप्रति घोर भत्स्रना व्यक्त गर्दछौं ।

घटना विवरण अनुसार विवाहित जोडी घरमा भएको मौका पारि स्थानीय कृष्णबहादुर शाहीको नेतृत्वमा करिव १५ देखि २० जनाको समहुले केटाको बावु सेते दमाईलाई खुकुरी प्रहार गरेको र उपचारको क्रममा सुर्खेत अस्पलातमा निजको मृत्यु भएको हो ।

तशर्थ उक्त घटनाका सम्वन्धमा सरकार समक्ष निम्न मागहरु पेश गर्दछौं ।
१.  निष्पक्ष छानविनका लागि उच्च स्तरिय छानविन आयोग गठन गरियोस्
२.  घटनामा संलग्न कुष्णबहादुर खत्री समेतका सम्पूर्ण व्यक्तिहरुलाई यथाशिघ्र कानूनी कठघरामा ल्याई कानूनी कारवाही गरियोस् ।
३.  मृतकको घरपारिवारको तत्काल जीवनको सुरक्षाको ग्यारेन्टीका साथै उचित क्षतिपूर्तीको व्यवस्था गरियोस्
४.  मृतकलाई दलितमुक्ति आन्दोलनको शहिद घोषणा गरियोस् ।

उल्लेखित मागहरु तत्काल पुरा नभएका हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ ।

तपसिल :
श्री मीन विश्वकर्मा केन्द्रीय सदस्य नेपाली काँग्रेस
मा श्री खड्क बहादुर बस्याल,  अध्यक्ष नेपाल दलित संघ
श्री गणेश वि. , सचिव नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपाल
श्री सेवल राम,  नेपाल सद्भावना दलित मंच
श्री राजेश विश्वकर्मा,  अध्यक्ष जातीय समता समाज
श्री उपेन्द्र कुमार छटुन्जेट,  महासचिव नेपाल राष्ट्रिय दलित केन्द्र
श्री गजाधार सुनार अध्यक्ष दलित गैर सरकारी संस्था महासंघ
श्री सुशील विके,  अध्यक्ष नेपाल दलित मानवअधिकार संगठन
श्री भक्त विश्वकर्मा,  अध्यक्ष नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ
श्री चक्रमान विश्वकर्मा,  अध्यक्ष दलित सेवा संघ
श्री दिपक सोनी,  नेपाल दलित विद्यार्थी संघ
श्री मोहन वि. नाकस समाज नेपाल
श्री बशन्त परियार,  राष्ट्रिय दलित नेटवर्क
श्री प्रकाशचन्द्र परियार
श्री रण बहादुर रम्तेल सदस्य जनउत्थान प्रतिष्ठान

« Go Back
Supporters / Sponsors :