दलित समाचार » दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा खुकुरी प्रहारबाट घाइतेको मृत्यू
दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा खुकुरी प्रहारबाट घाइतेको मृत्यू
Posted: September 1, 2011
रुपा गहतराज 
नेपालगंज १५ भाद्र गते ।
दैलेखको तोली गावीस। वडा न २ धनिगाउँका एक अन्तरजातीय जोडीले बिहे गरेपछि केटी पक्षका आफन्तहरुले खुकुरी प्रहार गरी घाईते भएका सेते नेपालीको बुधवार राती उपचारको क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यू भएको छ ।
तोली २ धनीगाउँका २२ बर्षिया सन्त दमाईसँग सोही गाविसकी २० बर्षे राजकुमारी शाहीको यही साउन २८ गते बिवाह भएको थियो ।
उनीहरुको निकै अघिदेखी बसउठ भएको थाहा पाएपछि उनका आफन्तहरुले खोसेर घरमा लिदा समेत केटीले नमानेर सन्त दमाईसँग बिहे गरेपछि केटी पक्षका आफन्तहरुले केटा पक्षको घरमै गएर आक्रमण गरेका थिए । 
१३ गते मंगलवार साँझ गएका यूवाहरुको समूहले सन्ते दमाईको छातीमा खुकुरी प्रहार गरी भागेका थिए । घाईतेलाई उपचारको लागि १४ गते जिल्ला सदरमुकाम दैलख ल्याई जिल्लामा उपचार हुन नसक्ने भन्दै सुर्खेत पुर्याईएको र उनको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताए ।
अहिले अन्तरजातीय बिवाह गर्ने जोडी ज्यान बचाईदिन आग्रह गर्दै दैलेख सदरमुकाममा रहेका दलित अधिकारकर्मीहरु सँग गुहार मागीरहेका छन् । दलित अधिकारकर्मी एवं पत्रकार अमर सुनारका अनुसार अहिले हत्यामा संगल्नहरुलाई कीटानी जाहेरीको मुद्धा दर्ता गरिएको बताएका छन् ।
हत्या गर्नेहरु मध्ये १५ जनाको समुह जिल्ला सदरमुकाम दैलेख बजारबाटै गएको बुझिएको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखले हत्यामा संलग्नहरुमध्ये तुलबहादुर चन्द गणेश िसंह कृष्ण खत्री लगाएत ९ जनालाई नियन्त्रणमा लिईसकेको र अन्य आरोपीहरु मध्येका विन्दकला शाही र उनका दाई जिवन शाही फरार रहेकोले खोजीकार्यालाई तीव्रता दिईएको बताएको छ ।प्रहरी नायव उपरिक्षक दीपक बस्नेतका अनुसार थप अनुसंन्धान पश्चात भोलीनै हत्याराहरुलाई सार्वजनीक गरिने बताएका छन् । 
मृतकको छातीबाट खुकुरी छेडीयर फोक्सोमा लागेकोले उनको मृत्यु भएको सुर्खेत क्षेत्रीय अस्पतालले जानकारी दिएको छ । 

« Go Back
Supporters / Sponsors :