पत्रपत्रिका बाट » दलितद्वारा सामूहिक पूजा
दलितद्वारा सामूहिक पूजा
Posted: September 1, 2011
मन्थली , भाद्र १४ -
बिजुलीकोटको धोविस्थित झटेश्वर महादेवी मन्दिरमा बुधबार बिहान स्थ्ानीय दलितले सामूहिक प्रवेश गरी पूजाआजा गरेका छन् ।

स्थानीय पूर्णबहादुर विकको नेतृत्वमा आएका करिब ५० जना दलितले मन्दिर प्रवेश गरी पूजाआजा गरेका थिए । दलित आउने सूचना थाहा पाएपछि गैरदलितले मन्दिरमा पूजाआजा सकी ताला लगाएर हिँडेका थिए । गैरदलित हिँडेको केही समयपछि सामूहिक रूपमा पुगेका दलितले मन्दिरमा लगाएको ताला काटी प्रवेश गरेका थिए । पहिलोपटक सामूहिक रूपमा झट्टेश्वर मन्दिरमा पसेका दलितले ५ फिट अग्लो त्रिशूलसमेत चढाएका छन् । त्रिशूल चढाउन खोज्दा गैरदलित समुदायका महिलाले रोक्ने प्रयास गरेका थिए ।
स्रोतः कान्तिपुर राष्ट्रिय दैनिक

« Go Back
Supporters / Sponsors :