दलित समाचार » बाझाँपाटनमा परियार सेवा समाज गठन |
||
| बाझाँपाटनमा परियार सेवा समाज गठन
Posted: August 30, 2011 दीपक परियार पोखरा १२ भदौ । पोखरा-१३ बाझाँपाटनमा बसोवास गर्ने परियारहरुको भेलाले सोमवार परियार सेवा समाज गुठीको गठन गरेको छ । भेलाले समाजको अध्यक्षमा भौतियामा परियार चयन गरेको छ । समाजको उपाध्यक्षमा रतिमाया परियार सचिवमा दीपक परियार सह-सचिवमा ओमप्रकाश परियार कोषाध्यक्षमा प्रेम परियार र सह-कोषाध्यक्षमा बसन्ती परियार रहनुभएको छ । भेलाले सदस्यहरुमा रजनी परियार माइतशुव परियार अमृत परियार बुद्धिमाया परियार शेषमाया परियार र विष्णुमाया परियारलाई चयन गरेको छ । भेलाको अवसरमा समाजले हिन्दु नारीहरुको महान् पर्व तिजको अवसरमा चेलीवेटीहरुलाई दर खुवाउने कार्यक्रमको समेत आयोजना गरेको थियो । बाझाँपाटन तमु समाज घरमा भएको कार्यक्रममा करिब २ सय चेलीवेटीहरु सहभागि थिए । उनीहरुले विकृतीमुक्त रुपमा तिज मनाउन नाँचगान सहित शुभकामना आदानप्रदान गरेका थिए । भेलाको उद्घाटन दलित महिला संघकी कास्की जिल्ला अध्यक्ष चमेली परियारले गर्नुभएको थियो । भेलामा परियार सेवा समाजका कास्की अध्यक्ष परशुराम परियार पश्चिमााचल खेलकुद विकास समितिका सदस्य जिवन खाती परियार उत्पिडित जातीय मुक्ति समाजका कास्की जिल्ला अध्यक्ष लालबहादुर परियार गायिका रतिमाया परियार एकीकृत माओवादीका वडा सेक्रेटरी रोहित खत्री परियार सेवा समाज कास्कीका सचिव किसान परियार एकीकृत माओवादीका एरिया सदस्य चित्रबहादुर वि।s नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला सल्लाहकार प्रेम परियार टोल विकास संस्था समन्वय समितिका अध्यक्ष तिलक तमु महिला तथा बाल उत्थान माच कास्कीकी अध्यक्ष विष्णु कार्की बाझाँपाटन तमु समाजका अध्यक्ष मेजर चेत बहादुर गुरुङ कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष इन्द्रबहादुर गुरुङले बोल्नुभएको थियो । वक्ताहरुले तिजलाई तडकभडकपूर्ण रुपमा मनाउन नहुनेमा जोड दिएका थिए । अध्यक्ष भौतिमाया परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन सचिव दीपक परियारले गर्नुभएको थियो । « Go Back |
Supporters / Sponsors :
