दलित समाचार » राज्यको संरचनामा अझै विभेद–दलित अगुवा |
||
| राज्यको संरचनामा अझै विभेद–दलित अगुवा
Posted: August 27, 2011 सिता विके बुटवल, १० भदौ । लोकतान्त्रिक गणतन्त्र प्राप्त पछाडि पनि राज्यको संरचनाबाट दलित समुदायलाई उपेक्षा गरेको दलित अधिकारकर्मिहरुले गुनसो गरेका छन् । ६२–६३ को जनआन्दोलन पश्चात बनेका सरकारमा समेत दलित समुदायको प्रतिनिधित्व अत्यन्तै न्यून भएको र दिईएका पद पनि जिम्मेवारविहिन जस्तो बनाईएको उनीहरुको अरोप छ । दलित सेवा संघ रुपन्देहीको दोस्रो साधारण सभाको अवसरमा शनिवार भैरहवामा बोल्दै दलित अगुवाहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै दलित सेवा संघका केन्द्रिय महासचिव ईश्वरी प्रसाद विश्वकर्माले परिवतिर्त अवस्थामा पनि दलित समुदायले विभेदको सामना गर्नु परेको भन्दै निति नियम कागजमा सिमिति भएको टिप्पणी गर्नुभयो । उहाँले दलित मैत्री संविधान बन्नुपर्ने र त्यसको लागि जस्तोसुकै मुल्य चुकाउनपनि आफुहरु पछि नपर्ने चेतावनि दिदै खाली सत्ताको भुमरीमा नलाग्न दलहरुलाई आग्रह गर्नुभयो । नेपाल भारत दलित मैत्री संघका केन्द्रिय अध्यक्ष ओम प्रकाश विकेले राजनितिक परिवर्तिनसंगै विभेदकारी संरचना अन्त्यको माग गर्नुभयो । सो अवसरमा संघका रुपन्देही अध्यक्ष डिक बहादुर विश्वकर्मा, जिल्ला विकास समति रुपन्देहीका प्रशाशकीय अधिकृत भरत लुईटेल, कार्यक्रम अधिकृत दुर्गा श्रेष्ठ, दलित महिला संघकी मनु खड्का, संघका सचिव किस्मत विश्वकर्मा लगायतले बोल्नुभएको थियो । यसैविच सोही अवसरमा दलित सम्बन्धि समाचार प्रकाशनका लागि महत्वपुर्ण सहयोग गरेको भन्दै दलित सेवा संघले पत्रकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । « Go Back |
Supporters / Sponsors :
