दलित समाचार » पहिरोमा पुरिएर तीनको मृत्यु ४ घाइते, दुइ दर्जन बेपत्ता
पहिरोमा पुरिएर तीनको मृत्यु ४ घाइते, दुइ दर्जन बेपत्ता
Posted: August 26, 2011

७ भदौ, 

  जाजरकोट । अविरल वर्षासँगै जाजरकोटको भगवती गाविस-३ अवलगुर्तामा गएराति पहिरोले घर भत्काउँदा पुरिएर एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।

   मृत्यु हुनेमा स्थानीय ५६ वर्षीया देउमति दमाई र उनका नातीहरु ६ वर्षीय रेमश र ४ वर्षीय रेशम रहेको प्रहरीले जनाएको छ । देउमतिकै २ वर्षीया छोरी मनीषासहित चार जनालाई पुरिएको अवस्थामा स्थानीयले जिवितै उद्धार गरेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था सामान्य रहको बताइएको छ ।

  पहिरोले गाउँका पाँचघर पूर्ण रुपमा क्षतिग्रस्त भएको र ४० घरमा सामान्य क्षति पुगेको बताइएको छ । पहिरोपछि दुई दर्जन भन्दा बढी स्थानीय हराइरहेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद धितालल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार जारी राखेको जानकारी दिनुभयो । धितालका अनुसार पूर्ण रुपमा क्षति पुगेका घर परिवारलाई ४० र सामान्य क्षति पुगेकालाई प्रतिपरिवार पाँच हजारका दरले आपतकालिन राहत उपलव्ध गराउने निर्णय भएको छ ।

   स्थानीय प्रशासनले पहिरोबाट विस्थापित भएका गाउँलेलाई चामल लगायतका खाद्यान्न उपलव्ध गराउन प्रहरीलाई निर्देशन दिइसकिएको जनाएको छ । घटनास्थल सदरमुकाम मुसिकोटबाट पैदल दुई दिनको दुरीमा पर्छ ।


« Go Back
Supporters / Sponsors :