दलित समाचार » आठौं दलित संसद राजधानीमा सुरु |
||
| आठौं दलित संसद राजधानीमा सुरु
Posted: August 26, 2011 ७ भदौ, काठमाडौं । राजधानीमा आठौं दलित संसद सुरु भएको छ । आर्थिक सामाजिक प्रगतिशील रुपान्तरणका लागि हरेक क्षेत्रमा दलित सहभागिता, संविधानसभाबाट सङ्घीय राज्यको दलितमैत्री संविधानको सुनिश्चितता भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन बिहीबारसम्म चल्ने छ । दलित समुदायको अपनत्व हुने खालको दलितमैत्री नयाँ संविधान बनाउन दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मुलुककभरका करिब २०० दलित अधिकारकर्मीको सहभागिता रहेको छ ।कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ बन्ने संविधान सबै नेपाली जनताको अपनत्व हुने खालको बन्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा दलितहरुले निर्माण गरेको नेपालको संविधान २०६८ को मस्यौदा सार्वजनिक गरिएको थियो । कार्यक्रममा रु.पाँच हजार १८२ को टीकाराम पार्की मानव मर्यादा पुरस्कार २०६८ बाट गत साता अमेरिकामा निधन हुनुभएका दलित अधिकारकर्मी सुभाषकुमार दर्नाललाई दिने घोषणा गरिएको थियो । « Go Back |
Supporters / Sponsors :
