दलित समाचार » युवतीलाई दलित केटासँग विवाह गरेको आरोपमा चरम यातना
युवतीलाई दलित केटासँग विवाह गरेको आरोपमा चरम यातना
Posted: August 23, 2011
जाजरकोट संवाददाता 
        जाजरकोट पजारु-४ रेलकोटकी एक युवतीलाई दलित केटासँग विवाह गरेको आरोपमा चरम यातना दिइएको छ । जाजरकोट पजारु-४ रेलकोटकी चन्द्रा सिंहले गत साउनमा  स्थानीय जयबहादुर नेपालीसँग प्रेमविवाह गरेकी थिइन् । 
   
        भागेर दैलेख गएका उनीहरुलाई माइती पक्षको धम्की पछि नेपालीको परिवारले चार दिनपछि फिर्ता बोलाएका थिए । घरमा आएपछि माइती पक्षले चन्द्रालाई जबर्जस्ती खोसेर लगेको जनाइएको छ । फेरि भेट गरे ज्यानै लिने धम्की पाएका नेपाली र चन्द्राले लुकिछिपी भेट गरेको थाहा पाएपछि माइती पक्षकाले चन्द्रालाई डोरीले बाँधेर चरम यातना दिएको छ ।

  

           उता धम्कीपछि जयबहादुर फरार रहेका छन् । स्थानीय दुर्गा प्राथमिक विद्यालयमा शिक्षक समेत रहेका नेपाली विद्यालय समेत जान सकेका छैनन् । अशिक्षा र चेतनाको अभावमा चरम जातीय छुवाछुत रहेको यस गाउँमा अन्तर्जातीय विवाह भएको पहिलो घटना हो ।

 

 



« Go Back
Supporters / Sponsors :