दलित समाचार » सुभाष दर्नालको दुःखद निधनले रेडियो जागरण शोकमा |
||
| सुभाष दर्नालको दुःखद निधनले रेडियो जागरण शोकमा
Posted: August 20, 2011 सीता बि.के. वुटवल,भदौ ३ जागरण मिडीया सेनटरका संस्थापक सुभाष दर्नालको दुःखद निधनमा रेडियो जागरणले शोक मनाईरहेको छ । रेडियो जागरणको संचालक संस्था जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष एंव दलित अगुवा दर्नालको निधनले संचार जगत र सिंगो दलित आन्दोलनमै अपुर्णयि क्षति पुगेको ठहर गर्दै शोक जनाएको हो । रेडियो जागरणले दर्नालको निधनले आफुहरुलाई स्तब्ध बनाएको भन्दै रेडियोले तीन दिन नियमित प्रशारण बन्द गरि शोक धुन बजाएर शोक जनाएको थियो । दलित अगुवा एंव संस्थाका संस्थापक सुभाष दर्नालको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै रेडियाले शोक पुस्तिका राखेर शोक जनाएको हो । दर्नालको निधनले सिंगो दलित आन्दोलन र नेपाली संचार जगतमा नै क्षति पुगेको भन्दै संचालक समतिको बैठक बसि शोक मनाउने निर्णय गरेको थियो । रेडियो स्थापनाको लागि पहलकदमी गरेका दर्नालको सोमबार अमेरीकामा कार दुर्घटनामा परि दुःखद निधन भएको थियो । विस २०३७ साल जेठमा लुम्बिनी अंचलको पाल्पा मुझुङमा जन्मिनुभएका स्व. दर्नालको श्रीमति सरिता परियार र दुई बर्षकी छोरी हुनुन्छ । उहा आईतबार मात्रै नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व विद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरीका जानुभएको थियो । अमेरीकामा भएको कार दुसर्घटनामा ज्यान गुमाएका दर्नालको शव आजसम्म पनि नेपाल ल्याईएको छैन । अमेरेकी प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको र प्रकृया चलिरहेकाले शव ल्याउनमा ढिलाई भएको जनाईएको छ । « Go Back |
Supporters / Sponsors :
