दलित समाचार » ५ सय रुपैयाँ र १ पाथी अन्नको भरमा कटुवालको काम गर्छन श्ाुक्रबहादुरले
५ सय रुपैयाँ र १ पाथी अन्नको भरमा कटुवालको काम गर्छन श्ाुक्रबहादुरले
Posted: August 15, 2011

धन’ सन्दोषी पाल्पा 
सूचना र साचारको विकासको क्रमसगै घर घरमा मोवाइल फोनको सुविधा पुगेको छअभः गाउमै खुलेका एफएम रेडियो हरुले घण्टा घण्टामा समाचार भन्छन पत्रपत्रिका पढ्नेहरुको संख्या पनि उच्च छ तर पाल्पाबिकट गाउका बासिन्दा हरुमा भने अझै पनि विश्वासिलो र भरपर्दो साचार कटुवाल प्रथा बनेको छ । 
पूर्वी पाल्पाको खालिवन गाउँ विकास समिति वडा नं। १ कोलटारका ५१ वर्षीय श्ाुक्रबहादुर विकले ३३ वर्ष अघिदेखि निरन्तर रुपमा कटुवाल पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । विकले छिमेकी गाविस रामपुर दर्छा लगायतका गाविसमा समेत कटुवालको काम गर्दै आउनुभएको छ । 
शारिरीक अपाड्डताका कारण बैशाखीको साहरामा हिड्ने विकले दुवै आँखाले प्रष्ट सँग देख्न समेत सक्न’सक्नुहुन्न तर यस क्षेत्रको साचारमा उहाँको भूमिका महत्वपूर्ण भएको स्थानीय बासिन्दाहरुको भनाई छ । कटुवाल विकले भन्नुभयो बावु बाजेले यही पेशा गर्दै आएका थिए त्यसैले मैले पनि यही काम गर्दै आएको छु । उहाँ अगाडि भन्नुहुन्छ मैले घोक हालेवापत जनताले अन्नपात दिन्छन् त्यसैबाट गुजारा चलाएको छु । 
विकले स्थानीय वन समूह क्लव आमा समूह तथा अन्य सामाजिक संघ संस्थाहरुको सन्देश घोक हालेर चिच्याउँदै आएका आउनुभएको छ । यसरी कटुवालको काम गरेवापत उहाँलाई एउटा संस्थाले वार्षिक ५ सय रुपैयाँ र र लाभान्वित घरधुरीका प्रत्येक घरबाट १ पाथी अन्न दिँदै आएका छन् । 
कटुवाल पेशा सजिलो भएको र सबैले माया पनि गर्ने भएकोले उहाँले आफ्नो छोरालाई समेत यही पेशामा सहभागी गराएको बताउनुभयो । उहाँ भन्नुहुन्छ कहिले काँहि मैले काम गर्न नसकेकेा बेला छोराले मलाई सघाउँदै आएको छ । उहाँ आफ्ना ५ छोरा १ छोरीलाई कटुवालको काम गरेरै हुर्काएको बताउनुभयो । 


« Go Back
Supporters / Sponsors :