दलित समाचार » युवा तातेपछि दलित समुदायमा परिवर्तन
युवा तातेपछि दलित समुदायमा परिवर्तन
Posted: July 31, 2011
धनु सुन्दोषी
पाल्पा

गाउका धारा कुवाहरुमा पानी लिन गएका बेला छोइन्छ भनेर धारा कुवाको टाडा नै बस्नुपर्ने बाध्यताबाट यहाका दलित समुदाय अहिले मुक्त भएका छन् ।यहाको धारा कुवाहरुमा दलित भन्दै पालै नदिने र छोइन्छ भनेर अपमान गर्ने पुरानो प्रचलनको अन्त्य भएपछि गाउका दलि त समुदायमा खुसी छाएको छ । गाउका युवाहरुको पहलमा समतमु लक युपा साजाल निमाृण गरेपछि गाउमा यस्तो सकारात्मक परिवर्तन देखिएको हो । पाल्पाको दोभान गाविसका युवाहरु मिलेर छुवाछुत प्रथालाई उन्मुलन गर्नका लागि गाउमा सवैलाई छुवाछूत विरोधी अभियान चलाए । छुवाछुत गर्नु भनेको नै अमानवीय व्यवहार हो भन्दै गाउमा छुवाछूत नगरौ भन्ने अभियानका साथ अघि बढेका यहा युवाहरुले घरघरमा पुगे छुवाछूत गर्ने कानुनी परामर्श दिदै हिडेपछि गाउमा यस्तो सकारात्मक परिवर्तन देखिएको हो ।
सरकारले लक्षित सुमदाय अन्तरगत दलित उत्थानको बजेटले आर्थिक वर्ष २०६६÷२०६७ मा दोभान -२ र आर्थिक वर्ष २०६७÷६८ मा दोभानका ७ र ९ गरी ३ तीन वडामा स्थानीय स्तरमा जातिय छुवाछुत र हाम्रो भुमिका विषयक अन्तरकि्रया कायक्रम गरी गाउलेहरुले पहिलोपटक दोभानमा छुवाछुत मुक्त गाउ बनाउन सफल भएका हुन । आर्थि वर्ष २०६६÷२०६७को एक लाख मध्ये १८ हजारले बजेटले गाउलाई छुवाछुत मुक्त गाउ बनाउनको लागि र ८२ हजार दलित समुदायमा शैाचालय निमाणमा खर्च भएको हो भने आर्थिक वर्ष २०६७÷२०६८ को ५० हजार मध्ये १० हजार गाउलाई छुवाछूत विरोधी गाउ बनाउन खर्चिएको हो । ूदोभान -२ की माया विश्वकर्माको अनुसार धारा कुवाहरुमा जान समेत डर लाग्ने अवस्था थियो अहिले त सवै समान रहेको अनुभुति भएको बताउनुभयो । 
गाउमा व्यापक रुपमा छुवाछूत र भेदभाव अझै कायम रहेकाले पाल्पा दोभान गाविसका करिब सयौ युवाहरु गाउलाई छुवाछूत मुक्त गाउ बनाउने लागेका हुन । गाउँलाई छुवाछुत मुक्त बनाउने भनेर यहाँका दलित र गैरदलित युवाहरुले तीन महिना सचेतना अभियान संचालन गरेपछि गाउँ यस्तो अवस्थामा आएको हो । पहिले गाउँमा दलित भनेर सबैले अपमान गर्ने गरेको र छुवाछुतजन्य व्यवहार हुने गरेको गाउँमा अहिले यस्तो व्यवहार नहुने दलित समुदायको भनाई छ । अभियानका युवा निसान पटेलले गाउमा छुवाछूत र भेदभाव चर्को रुपमा देखा पदै गएकोले यसले गाउमा दलित र गैरदलित बीच ठूलो समस्या निम्ताउने देखियो पटेलले बताउनुभयो । त्यसपछि गाउका युवाहरु मिलेर छुवाछुत विरुद्धको अभियानमा लागेका हौ उहाले बताउदै भन्नुभयो -हाम्रो गाविसको वडा नं २ ७ र ९ मा अहिले छुवाछुत कसैले पनि गर्दैनन् सबै जाति एकै हुन् भनेर मिलेर गाउँमा काम गरेका छौं । 
गाउँ छुवाछुत बिरोधी बनेपछि अहिले दोभानकै अन्य गाउँका छिमेकीलाईसमेत गाउँमा छुवाछुत जस्ता अमानवीय व्यवहार नगरी सबैलाई समान व्यवहार गर्ने दवाव परेको छ । यसअघि दलित भनेर मेला चाड पर्व दैनिक जीवन चर्को विभेद गरिएता पनि अहिले गाउँमा छोइछिटो हुन छोडेको छ । 
छोइछिटो विरोधी अभियानमा लागि परेका छन् । एक्काशौं शताब्दीमा पनि जातपात भनेर छुवाछुत गर्ने चलन कायमै रहेको भन्दै स्थानीय दलित र गैरदलित युवाहरु मिलेर गाउँलाई छुवाछुत मुक्त गाउँ बनाउने अभियानमा लागेको हुन । यसरी छुवाछूत मुक्त गाउ बनेपछि यहाँका दलित समुदायमा खुसी पलाएको छ । पहिले दलित भनेर सावर्जनिक स्थलहरु धाराकुवामन्दिरमा प्रवेश गर्न पाइने थिएनअहिले गाउमा युवाहरुले छुवाछूत मुक्त गाउ बनाएपनि जातीय विभेद कम भएको दोभान -२ का रामु विश्वकर्माको भनाई छ । विश्वकर्माको भनाई अनुसार दलितहरु समुदायमा पहिलेको तुलनामा सकारात्मक परिवर्तन पनि आएको छ । ूआर्थिकसामाजिकशैक्षिक क्षेत्रमा समेत दलित समुदायको सहभागीता गराउनुपर्छ भन्ने मान्यता अहिले गाउँका गैरदलितमा पनि जागरण आएकोूदोभान -२ की माया विश्वकर्माको  तर्क छ । 
नेपालको मुलुकी ऐन २०२० नेपाल संविधान २०४७ र अन्तरिम संविधान २०६३ मा छुवाछूत गर्न नपाइने कानुनी व्यवस्था भएपनि त्यसको कार्यान्वयन हुन नसक्दा दलित समुदायमा छुवाछूतका दैनिक जसो शिकार बन्न बाध्य छन् तर पाल्पा दोभानका युवाहरुले गाउँलाई छुवाछूत मुक्त गाउ बनाएपछि दलित समुदाय जातीय छुवाछूतबाट मुक्ति पाएका छन् । दोभान -२ निवासी कृष्णरेग्मीले दलित पनि मानिस भएपनि पहिले दलितमाथि विभेद गरिदै आएपनि अहिले भने सामाजिक सम्मान पाएको र सावर्जनिक स्थलहरु धाराकुवामन्दिरमा प्रवेश कसैले रोक लगाउन नसकेको बताउनुभयो । ूदलित समुदायको अहिले दलित समुदायदलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आएकोले गर्दा उनीहरुको आर्थिकसामाजिक र शैक्षिक पक्षमा सुधार आएको छू रेग्मीको विश्लेषण छ ।दोभानका युवाहरुले गाउँलाई छुवाछुत प्रथा तोड्न सफल भएजस्तौ दलित समुदायमा वर्षेनी दलित उत्थानको बजेट पनि शैक्षिक आय आर्जन वृद्धि गर्नका लागि प्रयोग गर्न सके दलित समुदायको सम्रग विकास हुनेछ ।

« Go Back
Supporters / Sponsors :