दलित समाचार » आर्थिक अभावका कारण उपचार नपाएर दलित बालकको मृत्यू
आर्थिक अभावका कारण उपचार नपाएर दलित बालकको मृत्यू
Posted: July 24, 2011

धनु सुन्दोषी
गुल्मी ७ श्रावण । गुल्मीको दुर्गम गाविस सिसे्रनीका एक दलित बालकको आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्यू भएको छ । सदरमुकामदेखि पश्चिम विकट गाविस सिसे्रनी वार्ड नं ९ निबासी चन्द्र परीयारका तीन वर्षिय छोरा करण परियारको मृत्यू भएको हो । विगत एक हप्तादेखि निमोनियाले ग्रस्त वालकलाई स्थानिय स्तरमै उपचार गराईरहे पनि समयमै थप उपचारका लागी सुविधा सम्पन्न अस्पत्तालमा पुर् याउन नसक्दा मृत्यू भएको हो । गाउँकै उपस्वास्थ्यचौकीबाट रिफर गरिएनि तम्घास ल्याउन रकम अभावका कारण ढिला भएपछि उनीहरुले आज मात्रै सदरमुकाम तम्घास ल्याएका थिए । 
तम्घासको रेसुङ्गा अस्पत्तालमा ल्याएको र सो अस्पत्तालले तत्काल पाल्पा स्थित मिसन अस्पत्तालमा लैजान सुझाव दिए पनि बालकका आफन्तले आर्थिक अभाव दर्शाउँदै त्यहाँबाट विरामी बालकलाई लिएर घरतर्फ फर्किएका थिए । बिरामी बालकलाई घरतर्फ फर्काएको आधा घण्टा नवित्दै तमघास स्थित वाटो मै मृत्यु भएको थियो । बालकका बाबु घरमा नभएको र आमा सुत्केरी अबस्थामा रहेकोले छिमेकीले ती वालक तीन दिनदेखि बेहोस भएपछि तम्घासमा ल्याएका थिए । यसरी जिल्लाका दुर्गम गाउँहरुमा निमोनिया झाडापखाला लागेका वालवालिकाहरुलाई अस्पत्ताल लैजानु भन्दा पनि धामीझाँक्री गराउने चलन अझै रहेको छ । यसले गर्दा पनि गाउँका थुप्रै वालवालिकाले अकालमै ज्यान गुमाउने गरेका छन् ।

« Go Back
Supporters / Sponsors :