दलित समाचार » अन्र्तजातिय बिबाह गर्ने जोडि बिचल्लीमा |
||
| अन्र्तजातिय बिबाह गर्ने जोडि बिचल्लीमा
Posted: July 23, 2011 प्रतिमा परियारรทसुर्खेत हुन त भन्ने गरीन्छ यो धर्तिमा जम्मा दुईवटा मात्रै जात हुन्छ । एउटा महिला अनि पुरुष तर अझै पनि किन यो समाजले त तल्लो जात अनि उपल्लो जात भनेर किटान गर्दछ । जातियताकै आधारमा किन यस्तो बिभेद ! कुकुर समेत भित्र पस्दा बाहिरबाट टुलुटुलु हेर्ने चलन अझै पनि निर्मुल भईसकेको छैन । यो रुढिबाढि परम्परामा अल्झियको समाजले जातिय छुवाछुतलाई मनैदेखि परित्याग गरेको छैन । हुन त जातिय छुवाछुत अन्त्यको लागि पहल कदमिहरु पनि नचालिएका होईनन चालिएका छन तर ति पहल कदमिहरु यो अन्धबिश्वासी समाजको लागी अप्रयाप्त छ । सरकारले पनि समाजबाट जातिय छुवाछुतको अन्त्य हुन्छ कि भनेर प्रोत्साहान स्वरुप अन्तर्जातीय विवाह गर्ने जोडिलाई एक लाख रुपैया दिने भनेर घोषणा गर् यो तर सकरात्मक होईन यस नितीले पनि नकरात्मक रुप लिईरहेको छ । पैसा पाहिन्छ की भनेर दलितको छोरा तथा छोरी संग बिबाह गर्ने अनि छोड्ने प्रबृति बढिरहेको छ । पहिलाको परिपेक्ष भन्दा अहिले अलि जातिय छुवाछुत निर्मुल भएको हो की भन्ने आभाष पलाईरहेका बेला एउटा दुखद प्रसंगपनि सुनियो जुन अन्तर्जातीय विवाह गरेकै कारण गाउँ निकाला भएपछि बाँकेमा दुईवटा जोडीको बिचल्ली भएको छ । बाँँके मनिकापुर-३ का १८ वर्षका अजय विक र १७ वर्षका भविसरा मगर तथा १९ वर्षका यामराज गोसाँइ क्षेत्री र १८ वर्षका सपना विकको जोडी गाउँ निकालामा परॆको हो । गएको असार ४ गते दुबै जोडिले अन्तर्जातीय विवाह गरेपछि गाँउमा कचहरी बसि आफूहरुलाई गाउँ निकाला गरीदिएको पीडितहरुले बताएका छन । पीडित अजय विकका घर परिवारले विवाहलाई स्वीकार गरी घरमा ल्याएपनि अजयकी पत्नि भविसराका माईतीको दबाब र समाजको निर्णयका कारण आफूलाई गाउँ निकाला गरिएको पीडित अजय विकले बताउनुभयो । २१ औ शताब्दी सम्म पनि अन्त्य भईनसकेको छुवाछुत र भेदभावपूर्ण व्यवाहार कहिले अन्त्य हुने । हामि दलित हरु पनि अब कति दिन दमन र शोषण सहेर बस्ने त्यसैले तपाई हामि सबै जातिय छुवाछुतको बिरुद्धमा होमिनु जरुरी छ । « Go Back |
Supporters / Sponsors :
