दलित समाचार » तामाको अत्यधिक मुल्य बृद्धी र प्लास्टिक भाँडाका कारण पेशा संकटमा
तामाको अत्यधिक मुल्य बृद्धी र प्लास्टिक भाँडाका कारण पेशा संकटमा
Posted: July 14, 2011
सन्तोष बस्याल
पाल्पा 
पाल्पामा परम्परागत रुपमा तामाको भाडाँकुडा बनाएर जिविकोपार्जन गर्दै आएका पाल्पाका दलित समुदायको पेशा दिनहु संकटमा पर्दै गएको छ । बिगत केहि समय अगाडी सम्म पाल्पाको ६५ वटै गाविसमा तामाको भाडाकुडा बनाएर जिविकोपार्जन गर्नेको संख्या प्रशस्त भएपनि दिनहु पेशा संकटमा पर्दै गएपछि उनीहरु बिस्थापित हुदै गएका हुन । गाउँघर शहर बजार जताततै सस्ता र आकर्षक प्लास्टिकका भाडाँको अत्यधिक प्रयोग हुन थालेपछि तामाको भाडाकुँडा बनाएर जिविकोपार्जन गर्ने दलितको पेशा संकटमा परेको हो । प्लास्टिकको भाडाकुडा निकै सस्तो पाईने भएपछि मानिसले तामाको भाडाकुडाको प्रयोग कम गर्न थालेका छन । जिल्ला भरी रहेका तामाको भाडाकुडा बनाउने दलित कालिगढहरु आजकल बिस्थापित धेरै जसो बिदेश त केही मात्र सदरमुकाम तानसेनमा सिमित भएका छन । 
केही समय अगाडी सम्म दर्जनौको संख्यामा रहेका कालीगढहरु अहिले तानसेन बजारमा १० जना भन्दा बढी छैनन । तामाको मुल्य बढ्नु  बजार भरी सस्ता प्लाष्टिकका सामाग्रीहरु आउनु र कालीगढको कमी हुन थालेपछि ब्यावशाय समेत धरासाही बन्दै गएको ब्यापारी छत्रमान बज्राचार्य बताउनुहुन्छ।

बजारमुल्य बढेपनि पुजा आजा लगाएतका शुभ कार्यमा तामाका भाडा आवश्यक पर्ने हुँदा जेनतेन आफुहरुले काम गरीरहेको तामाका काम गर्ने श्रमिकहरु बताउछन्। 
बिभिन्न शुभ कार्य बिभिन्न जातजातीका धर्मकर्म जात्रा आदीमा तामाका भाडा नभई नहुने समेत गर्दछ त्यसै गरी नेपाली पहिचान नौमती बाजा बनाउनका लागी पनी तामाको प्रयोग हुने गर्दछ । यसै गरी तामाको मुल्य बढदै जाने हो भने बाजा बनाउन समेत कठिनाई हुने सम्बन्धीतहरु बताउछन । तामा भाँडाहरुको व्यापार छैन तामाको कच्चा पदार्थ रसायन स्वाग तेजाव र गोलको अत्यधिक मूल्यमा वृद्धि भएको भनेर साहुहरुले पनि बिस्तारै उद्योग बन्द गर्न थालेका छन ।  यदी यसैगरी परम्परागत भाँडा कालीगढ र हरु लोप हुदै जाने हो भने कुनै दिन नेपाली भाँडा ईतिहाँसमा मात्र सिमित नहोला भन्न सकिन्न | 
 

« Go Back
Supporters / Sponsors :