दलित समाचार » दलित समुदायको उत्थानका लागि बादी विकास समिति गठन गरिने
दलित समुदायको उत्थानका लागि बादी विकास समिति गठन गरिने
Posted: July 12, 2011

उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले दलित समुदायको उत्थानका लागि बादी विकास समिति गठन गरिने बताउनुभएको

 सोमबार आयोजित कार्यक्रममा बादी विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा पार्न आफूले प्रधानमन्त्री अर्थमन्त्रीसँग कुरा राख्ने आश्वासन दिनुभयो

  बादी महिलाहरुको मुद्दा हेर्न मन्त्रालय प्रहरी प्रधान कार्यालयमा अलग्गै एकाइ गठन गरिएको जानकारी दिँदै मन्त्री महराले चाँडै ७५ वटै जिल्लामा यस्तो एकाइ गठन गरिने बताउनुभयो राज्य जातीय छुवाछूत सामाजिक विभेदको अन्त्य गर्ने लागि गरिरहेको भन्दै गृहमन्त्री महराले बादी समुदायविरुद्ध बनाइएका विभिन्न रीतिरिवाज, धार्मिक संस्कार एवम् सामाजिक मूल्य मान्यता परिवर्तन गरिनुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा सभासद् हरि सिपालीले बादी समुदायका महिलाहरुको मुद्दा दर्ता गर्न प्रहरी प्रशासनले नमान्ने गरेको भन्दै समग्र बादी समुदायको उत्थानका लागि बादी विकास समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो

   बादी महिला राष्ट्रिय सम्मेलनकी संयोजक निर्मला गुप्ता -बादी) ले बादी समुदायको आन्दोलनलाई राजनीतिक दल सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभयो

 


« Go Back
Supporters / Sponsors :