दलित समाचार » जनगणनामा दलित परिणाम अनुमान गर्न गारो छ
जनगणनामा दलित परिणाम अनुमान गर्न गारो छ
Posted: July 7, 2011
गोपाल बराइली
सरकारले कोही नछुटौं कोही नदोरिऔं भन्ने नाराका साथ शुरु गरेको पहिलो चरणको जनगणना सकिएको छ । तर २० प्रतिशत दावी गरिएका दलितहरु भने फेरि पनि संकटमा पर्ने देखिएको छ ।
सरकारले दलितलाई १३ प्रतिशत आरक्षण दिन थालेको छ । उता जनगणना प्रारम्भ भएको पनि १०० वर्ष पुगिसकेको छ । यसवर्षको जनगणनाका लागि करिव ३४ हजार गणकहरु खटाइए । तर त्यसमा दलितको समावेशी सहभागिता हुन सकेन । जनगणनामा समावेशी गणक राख्नका लागि कतै तालाबन्दी भयो भने कतै प्रभुको आज्ञा शिरोपर गरियो ।
केन्द्रीय तथ्याङ्क विभाग र नौवटा दलित संघ संस्थाबीच गणक राख्दा सकेसम्म समाबेशी बनाउन पाँच बुदे सहमति भएको थियो । तर जनगणना अधिकृत र प्रमुख जिल्ला अधिकारीले आफूले उक्त सहमतिपत्र नपाएको भनेर पन्छिएको पाइयो । सिन्धुपाल्चोकका दलितहरुले त तथ्यांक विभागसँग भएको पाँच बुदे सहमति कायम गराउन जिल्ला जनगणना कार्यालयमा तालाबन्दी नै गरे । भोजपुर महोत्तरी लगायतका जिल्लामा दलितहरु न गणकको सुचीमा परे नत अनुगमनकर्ताको सुचीमा परे ।
पाँच बुदे सहमति कार्यान्वयन गराउन सिन्धुपाल्चोकका दलितहरुले २२ जेठमा जिल्ला जनगणना कार्यलयमा तालाबन्दी गरे । तालाबन्दी खोल्न जिल्लाका सम्पुर्ण सुरक्षाफौज परिचालन गरियो । लामो सङ्घर्षपछि मात्रै जिल्ला जनगणना समन्वय समितिमा एक जना दलितलाई राखियो । जिल्लामा रहेका कुल पाँच सय १५ जना गणकमध्ये ११ जना मात्रै दलित राखिएको छ ।
जिल्ला शिक्षा कार्यलयले जिल्ला जनगणना कार्यालयलाई ३ सयजना शिक्षक उपलब्ध गराएकोमा एकजना दलित शिक्षकको नाम समावेश थियो । जिल्ला शिक्षाले त दलितलाई अपमान नै गर् यो त्यही दलित समुदायको मतले निर्वाचित हुने राजनीतिक दलका नेतृत्वहरुले पनि दलितलाई न्याय दिलाउन सकेनन् । ५०รท५० जना भागबण्डा गरेका एनेकपा माओवादी नेकपा एमाले र नेपाली कांग्रेसले ११ जना दलितलाई गणकमा राखेका थिए । दलितलाई गणक नराखेपछि दलित सरोकार साझा साजालले जनगणक र सुपरिवेक्षक नियुक्तिका सवालमा पुर्नविचार गर्न जेठ १९ मा ध्यानकर्षण पत्र दिएको थियो । तर जिल्ला जनगणना अधिकृत रामकृष्ण रेग्मीले साजालको ध्यानाकर्षणको कुनै वास्ता नगरेपछि साजालले २२ जेठमा जिल्ला जनगणना कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरिएपछि भएको छलफलमा जिल्ला समन्वय समितिमा रत्न विश्वकर्मालाई नियुक्ति गरेको थियो ।
सिन्धुपाल्चोकमा मात्रै नभएर जनगणनामा धेरैजसो जिल्लाहरुमा दलित गणक राख्न हिच्किचाएको पाइएको छ । समाबेशीको कुरा गरे पनि जिल्लाहरुमा दलित गणकको संख्या न्युन छ । पाल्पामा ३ सय ३५ जना गणक रहेकामा १५ जना दलित छन् । जिल्ला स्तरमा बनाइएको जनगणना जिल्ला समन्वय समितिमा १५ सदस्यमध्ये ५ जना दलित छन् । गुल्मीमा भने ३ सय ६९ गणकमध्ये १० जना गणक र २ जना सुपरिवेक्षक राखिएको थियो । चितवनमा ६ सय ६७ जना गणक रहेकोमा ४५ जना दलितले गणक हुने अवसर पाएका थिए । जुन झण्डै ७ प्रतिशत हो । नवलपरासीमा ५ सय ७७ जना गणक राखिएकोमा दलित कति छन् भनेर जिल्ला जनगणना अधिकृत तुलसी पौडेलले दिन सकेनन् ।
सुदुरपश्चिमको कन्चनपुरमा ३ सय ६९ जना गणक राखिएकोमा २८ जना दलित परेका छन् । ८२ जना सुपरिवेक्षक राखिएकोमा ८ जना दलित परेका छन् । स्याङ्जामा ३ सय ६० गणकमध्ये १० जना दलित र ८२ जना सुपरिवेक्षक राखिएकोमा २ जना मात्रै दलित राखिएको छ । झापामा ८ सय गणकमध्ये २८ दलित छन् । सल्यानमा २ सय २५ गणकमध्ये २ जना मात्र दलित छन् । पर्वतमा भने गणक र सुपरिवेक्षक दुवै राखिएको छैन । पर्वतमा दलितहरुको घना बस्ती छ । बर्दियामा ३ सय २० जना गणकहरु राखिएको थियो । त्यहाँ ८ जना मात्रै दलित राखिएको छ भने ७४ जना सुपरभाइजर राखिएकोमा ३ जना मात्रै दलित छन् ।
अधिकाँस जिल्लामा दलित गणकहरु कम छन् । तथ्याङ्क बिभागले राखेका ३४ हजार गणकमध्ये दलितको उपस्थिती हजार ननाँघेपछि त्यसैपति दलितको जनसंख्या कम हुने आकलन दलित संघ संस्थाहरुले गरेका छन् ।

दलितले जात लेखेनन्
क्षेत्री बाहुन र दलितको थर मिल्ने भएकाले धेरै जसो ठाउँहरुमा समस्या उत्पन्न भएको र कुनै ठाउँमा दलितले चाहेर पनि आफ्नो जात लेख्न नपाएको समाचार सार्वजनिक भइरहेको छ । कतिपय ठाउँमा भने दलितले नै आफ्नो जात लेख्न नमानेका कारण गणकहरुको खुसीले जात लेखीदिने गरेको पाइएको छ ।
काभ्रेपलााचोक कास्की बर्दिया ताप्लेजुङ सिन्धुपाल्चोकलगायतका जिल्लाहरुमा दलितले आफ्नो थर लेखे पनि जात नलेखेको गुनासोहरु आएका छन् । काभ्रेपलााचोक जिल्लाको काभ्रे -५ मा रहेका मिजारहरुले आफ्नो जात मिजार लेख्न नमानेपछि स्थानीय दलित संघ संस्था र दलित अधिकारकर्मीहरुको पहलमा आफ्नो जात लेख्न लगाएका थिए । सिन्धुपाल्चोकमा पनि दलितले आफ्नो जात लेख्न नमानेपछि दलित अधिकारकर्मी र जनगणनामा संलग्न दलितहरुले सम्भाएपछि मात्रै आफ्नो जात लेखेका थिए ।
कास्कीमा भने दलितको क्षेत्री बाहुनको थर मिल्नाले जात के लेख्ने भन्ने गणकहरुनै द्धिविधामा परेका थिए । बाहुन र क्षेत्रीसँग थर मिलेकै कारण पोखरा-५ पस्र्याममा डेरा गरी बस्ने गोतामे थर भएका परियारहरुले गोतामे बाहुन लेखाए । बर्दियाको सानेश्री - ५ मा रहेका सार्कीहरुले जात लेख्न नमानेपछि स्थानीय अनुगमनकर्ताहरुको पहलमा पुन जात लेख्न लगाइएको थियो । कोइराला घिमिरे अधिकारी शिलवाल लामिछाने बराल जस्ता थरहरु मिल्नाले समस्या आएको दलित गैरसरकारी संस्था महासंघका महासचिव जेवी विश्वकर्मा बताउँछन् ।
बाध्यतामा दलित
होक्से -२ काभ्रेपलााचोकका हरिभक्त ढकाल जातले बाहुन हुन् । तर यसपटको जनगणनामा उनी सार्की भएका छन् । उनले चाहेर पनि आफनो जात बाहुन लेख्न पाएनन् । उनका बुवा रामबहादुरले पाचायतकालमै स्थानीय बाटुली सार्कीसँग विवाह गरेका थिए । त्यसपछि उनको परिवार सार्कीमा परिणत भएको थियो ।
हरिभक्तको नागरिकतामा ढकाल लेखिएको छ । उनका गुनासाहरु धेरै छन् । उनले आफ्नो जात बाहुन लेखाउन चाहान्थे । तर गणकले केही नसोधी जातमा सार्की लेखिदिए उनले भने ।
हुन त उनले गणकको टोलीसँग आफ्नो जात बाहुन नै लेखाएको भए पनि उनले समाजमा बाहुनको मान्यता पाउन सक्ने थिएनन् । तर पनि सत्य लेख्न पाए पनि हुन्थ्यो भन्ने उनको चाहाना थियो । उनले जस्तै उनको भाईको परिवारको जात पनि बाहुन लेखिएको छ ।


« Go Back
Supporters / Sponsors :