दलित समाचार » दलित किशोरी वलत्कार अभियोगमा युवा जेल चलान |
||
| दलित किशोरी वलत्कार अभियोगमा युवा जेल चलान
Posted: July 6, 2011 केहि दिन अघि एक दलित किशोरी वलात्कार अभियोगमा पक्राउ परेका गुल्मी नेटा गाविसका एक व्राम्हण युवा जेल चलान भएका छन् । गत वैशाक २१ गते दिउसो वाग्लुङको खारमा गुल्मीको नेटा २ निवासी १४ वर्षिय रमिता नेपाली नाम परिवर्तन लाई वलात्कार गरेको अभियोगमा पक्राउ परेका नेटा १ का १८ वर्षिय नारायण मरासिनी गुल्मी जिल्ला अदालतले सात वर्ष कैद सजाय र २५ हजार पिडित किशोरी लाई क्षतिपुर्ति दिलाई जेल चलानको फैसला गरेको हो । किशोरीका घर परिवार विपन्न भएकोले उनि खारा स्थित एक घरमा कामदारको रुपमा वस्दै आइरहेकी थिईन । उक्त दिन निज मरासिनीले दाउराको भारी लिएर आउदै गर्दा आफुलाई दाउराको भारि विसाउन लगाई नजिकैको गोठ भित्र लगेर जवजस्ती करणी गरेको किशोरीले वताएकी छन् भने मरासिनीले भने सहमतिमा सम्वन्ध राखेको जिकीर गर्दै आईरहेका छन् । सहमतिमै सम्वन्ध राखेपनि १६ वर्ष मुनिका किशोरीले उजुरि गरेमा ६ देखि १० वर्ष सम्म कैद हुने कानुनि प्रावधान रहेको कानुन विदहरु वताउछन् । « Go Back |
Supporters / Sponsors :
