दलित समाचार » गुल्मी खेलकुदमा पहिलो दलित अध्यक्ष
गुल्मी खेलकुदमा पहिलो दलित अध्यक्ष
Posted: July 6, 2011
असार२१ गुल्मी
जिल्ला खेलकुद विकाश समितिमा पहिलो पटक दलित समुदायका एक व्यक्ति अध्यक्ष नियुक्त भएका छन् । वामी गाविस निवासी गोविन्द वि।s। आकासलाई नेपाल राष्ट्रिय खेलकुद परिषदले जिल्ला खेलकुद विकाश गुल्मीको अध्यक्ष पदमा नियुक्ती गरेको हो ।
आकासले नियुक्ति पत्र वुझि पोखरामा सपथ खाए लगतै आझ्नो कार्यभार समालेका छन् । वर्तमान सरकारमा एकिकृत नेकपा माओवादी खेलकुद विकास मन्त्रालयमा भएकोले सो पाटिका मगरात राज्य समिति सदस्य रहेका आकाशलाई अध्यक्ष पदमा नियुक्ति गरिएको हो । नवनियुक्त अध्यक्ष आकाशले अव छिट्टै जिल्ला खेलकुद विकाश समिति गठन गर्ने वताएका छन् । लामो समयदेखि अस्तव्यस्त रहेको जिल्लाको खेलकुद विकाशलाई यस समितिका पुर्व पदाधिकारी खेलाडि खेलप्रेमी एंवम सवैदल संग सहकार्य गरेर अगाडि वढ्ने अध्यक्ष आकाशले वताए । सरकारमा मन्त्रालय वदलि भए लगत्तै स्वत खारेज मानिने उक्त पदमा रहेर आफुले केहि गर्न चाहेको वताउदै नववियुक्त अध्यक्ष आकाशले निवर्तमान अध्यक्ष टिका भलामीले छोटो समयमा पनि उलेख्य कामगर्न सकेको प्रति प्रशंसा गरे । निवर्तमान अध्यक्ष भलमीले गत वर्ष राष्ट्रपति रनिङ शिल्ड कप सम्पन्न गर्ने लगाएतका केहि महत्व पुण कार्य गरेका थिए 

« Go Back
Supporters / Sponsors :