दलित समाचार » न्याय दिलाउन संघर्ष समिति गठन |
||
| न्याय दिलाउन संघर्ष समिति गठन
Posted: July 5, 2011 न्याय दिलाउन संघर्ष समिति गठन सीता बि.के. ब्ुाटवल २१ असार रुपन्देहीको मानपकडी स्थित सुनिता विकलाई गर्भवति बनाएर फरार भएका उदीत नारायण चौधरीलाई प्रहरीले कारवाहि नगरेको भन्दै दलित अगुवाहरुले न्याय दिलाउन संघर्ष समिति गठन गरेकाछन्। भैरहवामा बसेको विभिन्न संघसंस्था तथा दलित अगुवाहरुको बैठकले दलित अगुवा त्रिलोक नारायण विश्वकर्माको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । मानपकडी गा.विस बार्ड नं ४ पकडी गाँउ बस्ने बिस्नु चौधरीका छा्ेरा उदीत नारायण चौधरी(दिप्ेन्द्र) ले सुनितालाई विवाह गरि गर्भवति अवस्थामा छाडेर फरार भएको र प्रहरीले कारवाहि नगरेकाले संघर्ष समति गठन गरिएको बैठक पश्चात जारी गरिएको प्रेसविज्ञप्तिमा उल्लेख छ । पीडित सुनिता बि.कको न्यायकालागि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा उजुरी दिएपनि अहिलेसम्म न्याय नपाएको भन्दै पीडित लाई न्याय दिलाउनका लागि पैरवी भुमिका निर्वाह गर्ने संघर्ष समितिले जनाएको छ । प्रहरी प्रशाशनले सुनितालाई न्याय दिलाउन नखोजेकाले आगामि २३ गते विहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईने जनाईएको छ । यदि ज्ञापनपत्र पश्चात पनि जिल्ला प्रशासन कार्यलयबाट न्यायको लागि पहल नभए अन्य संघर्षका कार्यक्रम तय गरिने विज्ञप्तिमा भनिएको छ । गत माघमा प्रेम विवाह गरेका सुनिता र उदितले सामाजिक रुपमा असुरक्षित भएपछि बुटवल बस्दै आएका थिए । दलितको छोरी विहे गरेको भन्दै उदितका वुवा विष्णु र उनका जेठा बुवा कृपानाथ चौधरीले सुनितालाई छाड्न दवाव दिदै आएका थिए । पिडितहरुका अनुसार दलितकेटीसंग विवाह गरेको भनि उदित नारायण चौधरीलाई उनका आफन्तहरुले लुकाएका हुन । « Go Back |
Supporters / Sponsors :
