दलित समाचार » अन्तरजातिय प्रेमविवाहपछिको अवरोधकोकारण आत्महत्या |
||
| अन्तरजातिय प्रेमविवाहपछिको अवरोधकोकारण आत्महत्या
Posted: July 2, 2011 अंभिर प्रसाद वि.क. लमजुङ, असार १८ अन्तरजातिय प्रेमविवाह गरीसके पश्चात माईती पक्षले जोडिलाई छुट्टाएपछि एक युवतिले शुक्रवार झुण्डिएर आत्महत्या गरेकी छन् । यसै वर्षको प्रवेशिका परिक्षामा द्धितिय श्रेणिमा पास भएकी भलायखर्क ८ लमजुङका कमलनाथ न्योपानेकि छोरी प्रतिक्षा न्यौपाने र स्नातक तह प्रथम वर्षमा अध्ययनरत धमिलिकुवा लमजुङ निवासी राजन सुनार गत जेष्ठ ४ गते प्रेम विवाहगरि चितवानमा वस्दै आएका थिए । जेष्ठ १७ गते प्रहरीमार्फत माईतीपक्षले न्यौपाने र सुनारको जोडिलाई जवरजस्ती छुटाई केटीका दाजुले प्रतिक्षालाई चितावनमै राखेका थिए । असार १६ गते गाउको घर भलायखर्कमा ल्याएको भोलि पल्ट असार १७ गते विहान करिव ८ वजे धन्सारको धुरीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । शव आज लमजुङ सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । « Go Back |
Supporters / Sponsors :
