दलित समाचार » दलित एकता भवनको शिलन्यास
दलित एकता भवनको शिलन्यास
Posted: June 26, 2011
अंभिर प्रसाद वि.क.
लमजुङ, असार १२
दलित विकास तथा अनुसन्धान केन्द्र लमजुङले निर्माणगर्न लागेको दलित एकता भवनको आईतवार एक कार्यक्रमका विच शिलन्यास गरिएको छ ।
दलित समुदायका विद्यार्थीहरुलाई छात्रावासका लागी निर्माण गर्न लगिएको उक्त भवनको शिलन्यास स्थानिय विकास अधिकारी उत्तम प्रसाद नागिलाले गर्नुभएको हो । भवनको शिलन्यास गर्दै उहाँले जुनसकै राजनितिक पार्टी र विचारमा आस्था राख्ने भएपनि दलित समुदायका मुद्धामा सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । दलित विकास तथा अनुसन्धान केन्द्रले दलित समुदायको लागी आउने वजेटको सही सदुपयोग गरि लक्षित वर्गमा प्रतिफल पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणको लागी जिल्ला विकास समितिले पुर्ण सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । सो अबसरमा दलित विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष गोपाल खातिले आफुहरु दलित समुदायका हक अधिकारको लागी एकताबद्ध भएर लागिपर्ने बताउनु भयो । भवन निर्माणका लागी दलित समुदायले चन्दा उठाएर पाँच लाख ८३ हजार रुपैयाँको लागतमा जग्गा खरिद गरिएको उक्त भवन निर्माणकालागि जिल्ला विकास समिति लमजुङले रु ५ लाख २५ हजार रुपैया छुट्टाएको छ ।
कार्यक्रममा माओवादीका हरी दनाई, काँग्रेसका पुर्णचन्द्र पोखरेल, एमालेका रविन विश्वकर्मा, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका कोषध्यक्ष अंभिर प्रसाद वि.क. लगायतको सहभागिता रहेको थियो ।


« Go Back
Supporters / Sponsors :