दलित समाचार » दलितहरुको बास्तवीक तथ्याकको लागी अन्तरक्रिया
दलितहरुको बास्तवीक तथ्याकको लागी अन्तरक्रिया
Posted: June 15, 2011
अंभिर प्रसाद वि.क.
लमजुङ,असार १
जात प्रष्ट लेखौ आफ्नो जनसख्या सुनीश्चीत गरौ दलित समुदायको पहिचान प्रष्ट भनौ राज्यमा हिस्सेदारी कायम गरौ  भन्ने मूल नाराका साथ बुधबार बेसीशहरमा राष्ट्रिय जनगणना २०६८ मा दलितहको बास्तबिक तथ्याँक बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनउत्थान प्रतिष्ठान केन्द्रीय कार्यालय, राष्ट्रिय जनगणना अभियान जिल्ला संयोजन समीती लमजुङको आयोजना तथा दलित हकहित सरक्षण समाज लमजुङको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
     कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलीयाले दलितहरुको विषयमा प्रशासनवाट हुने काम कारवाहीमा निर्देशिका अनुसार काम गर्नुपर्ने तर पनि थाह भएसम्म सेवाग्राहीलाइ सहज किसीमले काम गर्ने गरेको वताउनुभयो । कार्यक्रममा बिषेश अतिथि जिल्ला जनगणना अधिकृत पुष्पराज पौडेलले ब्याबहारमा हुने लाञ्छनाको कारण जे जस्तो थर लेख्दै आए पनि आफनो जातीय पहिचानको लागी जनगणनामा बास्तविक जात उल्लेख गर्न आग्रह गर्नुभयो । जनगणनामा आफनो बास्तबिक जात उल्लेख गर्दा प्रशासनीक काम कारवाहिमा कुनै असर नपर्ने तर झुटो वोलेमा आफ्नो बास्तविक जातीय संख्या घट्ने र आफुले पाउने सेवा सुविधा बाट पनि बञ्चीत हुने बताउनुभयो । कार्यक्रमा एकिकृत नेकपा माओबादी जिल्ला कमीटी लमजुङका सचिव लालबहादुर गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समीती लमजुङका सदस्य कृष्ण बहादुर अधिकारी नेकपा एमाले जिल्ला कमीटी उपाध्यक्ष गुमान सिह अर्याल राप्रपा प्रतिनीधी खड्ग बहादुर गुरुङ लगाएतले मन्तव्य राख्दै जनगणना २०६८ मा दलितहरुको बास्तविक तथ्याकको लागी आफनो दलित भातृसगठन हरुलाइ  सचेत गराउने प्रतिबद्धता गर्नुभएको थियो ।
  कार्यक्रममा जनउत्थान प्रतिष्ठानका केन्द्रिय प्रतिनिधी रणबादुर रम्तेलले आफ्ना हक अधिकार सुनिश्चित गर्न जनगणनाको समयमा गणकलाई वास्तविक पहिचान दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम जनउत्थान प्रतिष्ठान लमजुङका अध्यक्ष होम बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

« Go Back
Supporters / Sponsors :