दलित समाचार » नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सातौं महाधिवेशन सम्पन्न अध्यक्षमा पुनः भक्त विश्वकर्मा
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सातौं महाधिवेशन सम्पन्न अध्यक्षमा पुनः भक्त विश्वकर्मा
Posted: June 13, 2011
दलित समुदायको उत्थान र विकासमा विगत २८ वर्षदेखि संगठित रुपमा कि्रयाशिल ऐतिहासिक तथा जेष्ठ संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सातौं महाधिवेशन ललितपुरको जावलाखेलमा जेष्ठ २७ र २८ गते भव्य रुपमा सम्पन्न भएको छ । सम्माननीय सभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङद्वारा समुद्घाटन भएको महाधिवेशनले केन्द्रीय अध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित गरेकेा छ ।

महाधिवेशनले भक्त विश्वकर्मालाई केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी १४ अाचलबाट एकรทएक सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित केन्द्रीय सदस्यहरुमा देवनारायण घतानी मेची रविन्द्र नेपाली कोशी तिर्थबहादुर सेवा परियार सगरमाथा मुन्नी दास जनकपुर यदुकुमारी मगराती बागमती मनबहादुर विश्वकर्मा नारायणी धर्म नेपाली गण्डकी त्रिलोकचन्द विश्वास वि।s। धौलागिरी रवि विश्वकर्मा लुम्बिनी जोगेन्द्र विश्वकर्मा राप्ती मन्सुर सुनार कर्णाली टिका विश्वकर्मा भेरी मनिराम देवल सेती गोवद्र्धन कोली महाकाली रहनुभएको छ ।

संघको २५ सदस्यीय केन्द्रीय कार्यसमितिमा विधान अनुसार अव केन्द्रीय अध्यक्षले विभिन्न जाति क्षेत्र िलंगलाई समानुपातिक समावेशीकरणको नीतिअनुसार १० जना केन्द्रीय सदस्यहरु मनोनित गर्नुहुनेछ भने निर्वाचित तथा मनोनित सदस्यहरुमध्येबाट संघमा संलग्न भएको समयावधि तथा संघमा पुर् याएको योगदानलाई मूल्याङ्गन तथा कदर गरी पाँच जना केन्द्रीय उपाध्यक्ष एक महासचिव एक उप-महासचिव र एकजना कोषाध्यक्ष मनोनित गर्नुभएको छ । आगामी पाँच वर्षे कार्यकालका लागि राष्ट्रिय अध्यक्षले नवगठित कार्यसमितिबाट देवनारायण घतानी पूर्वााचल राम पुजारी मध्यमााचल श्रीमती धर्म नेपाली पश्चिमााचल जोगेन्द्र विश्वकर्मा मध्यपश्चिमााचल र मनीराम देवल सुदूरपश्चिमााचल लाई केन्द्रीय उपाध्यक्षमा मनोनित गर्नुभएको छ भने महासचिवमा त्रिलोचन्द विश्वास वि।s। उप-महासचिवमा तिर्थबहादुर सेवा परियार र कोषाध्यक्षमा रविन्द्र नेपालीलाई मनोनयन गर्नुभएको छ ।

६९ जिल्लाहरुबाट जम्मा १८३ महाधिवेशन प्रतिनिधिहरु सहभागी महाधिवेशनले दलित समुदायको अधिकार सुनिश्चितताका लागि पाँचबुदे प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावहरुमा १। राज्यका सवै संरचनामा दलितको क्षतिपूर्तिसहित २० प्रतिशत सहभागिता सुनिश्चितसहित दलितमैत्री संविधान निर्माणका लागि संघका केन्द्रदेखि सवै जिल्ला कार्यसमितिहरुलाई खवरदारीका लागि परिचालित गर्ने २। जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि जेष्ठ १० २०६८ मा व्यवस्थापिका संसदबाट पारित जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ पारित गरिएकोमा उक्त ऐतिहासिक कदमलाई स्वागत गर्दै आवश्यक नियमावली ऐनको कार्यान्वयनका जोड दिनुपर्ने ३। एघारौं राष्ट्रिय जनगणना २०६८ मार्फत दलितको यथार्थपरक तथ्यांक संकलन गर्न जनसचेतीकरण गर्ने ४। राज्यका स्रोत साधन तथा अवसरहरुमा दलित समुदायको समन्यायिक पहुँचको सुनिश्चित गर्न राज्यका सवै तह र निकायहरुबाट दलितमैत्री बजेट र योजनाहरु बनाई त्यसको कार्यान्वयनका लागि जोडदार माग तथा खवरदारी गर्ने ५। दलित अधिकार र मुक्तिका लागि काम गर्ने सवै संघसंस्थासंग सहकार्य र समन्वय गरी संयुक्त अभियान साचालन गर्ने प्रस्तावहरु पारित गरेको छ ।


« Go Back
Supporters / Sponsors :